
माघ ३, काठमाडौं । पछिल्लो समयमा व्यस्त बन्दै गएका मोडल नारायण ढकाल यतिबेला कसको यादमा बाँचिरहेका छन् ? उनी कसैको यादमा यतिखेर तड्पिरहेको बेला उनीसँगै मनिषा श्रेष्ठ तथा उज्वल बिक पनि अरुकै यादमा तड्पिएको अवस्था छ । यिनीहरु क–कसको यादमा यसरी बाँच्नुपर्ने हो भन्ने कुरा भिडियोको प्रेमभावभित्र झल्किएको छ ।
गायक टेकबहादुर सुनारको स्वरमा रहेको ‘तिम्रै यादमा बाँचिराको छु’ भर्खरै सार्वजनिक भएको गीतमा अभिनय गर्दै यस्तो भाव पोखेका हुन् यी ३ जना मोडलहरुले ।
अम्मर सिंहको शब्द तथा संगीत रहेको उक्त गीतलाई परेली फिल्मस्को उत्पादन तथा बितरण रहेको छ । गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका हुन् भने सागर गौतमको छायांकन रहेको छ । भिडियोमा पोखरा तथा काठमाडौंका रमणियस्थानहरु देखाइएको छ ।
दाङमा जन्मिएका नव गायक टेकबहादर सुनारको यो पहिलो गीत हो । सानै देखी गीत संगीतमा रुची राख्दै आएको र अब लोकगीतको क्षेत्रमा सक्रिए हुने उनले बताएका छन् ।