तोरीको फूल साटेर माया लाउने रे (फोटो फिचरसहित)

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७१, सोमबार

काठमाडौं । मायाको प्रतिकका रुपमा गुलाफको फूललाई लिइन्छ अर्थात् गुलाफ पनि नभए रातो रंगको फूल साट्ने पनि गरिएको पाइन्छ । तर भ्यालेन्टाइन डे नजिकिँदै जाँदा एक जोडीले गुलाफको फूल साट्लान् भन्दा तोरीको फूल साटेर मायाका कुरा गरेको देख्दा अचम्म लाग्यो बा ? मायाको चिनो नै दिने भए कि रुमालै साट्नु नभए पनि कुनै गिफ्ट दिनु । तोरी बारीमा गएर तोरीका फूल साटेर मायाका कुरा किन गर्नु ?
यो तोरीको फूल साट्ने जोडी नारायण ढकाल र विनिता हुन् । पिपलुको छायाँ बोलको लोकदोहोरी गीतको म्यूजिक भिडियोको सुटिङ गर्दै गर्दा कीर्तिपुरको फाँटमा उनीहरुले तोरीको फूल साटेका हुन् । भुवन लामाको निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियोमा मोडलका रुपमा नारायण ढकाल र विनिताले अभिनय गरेका छन् । विरही कार्की, दिनेश थापा र मुना थापाको स्वर रहेको पिपलुको छायाँलाई दिनेश थापाले लेखेका हुन् । उक्त गीत कविना म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आउन लागेको हो ।

20150131_154044

20150131_163849

20150131_153637 20150131_135400

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु