दिपेन्द्रले ल्याए राजधानीको यथार्थता पस्किएको गीत ‘काठमाण्डौको बसाई’

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७४, बुधबार
१२ पुस काठमाण्डौ ।  पढाई लेखाई सकेर पनि बेरोजगार भएर राजधानी काठमाण्डौ वस्नु पर्दा झेल्नु परेका समस्याहरुलाई जस्ताको त्यस्तै उठान गरेर दिपेन्द्र सुनारले निकै मार्मिक “काठमाण्डौको बसाई” नामक नेपाली पप गीत बजारमा ल्याएका छन् ।  आफ्नै रचना,संगीत र स्वर रहेको उक्त गीतको म्युजिक भिडियो युट्युवका साथै नेपाली सांगीतिक बजारमा ल्याएका छन् ।
गाउँ तथा दुर–दराजबाट पढाई लेखाई गरि जागिरे हुने र आफ्नो र आफ्नो परिवारको सपना साकार पार्ने निकै ठुलो अभिलाषा बोकेर आम नेपालीहरु राजधानी छिर्ने गर्दछन् । राजधानीमा डेरा भाडामा बस्दा झेल्नुपर्ने अभावहरु र पिडाहरु लगायत यावत कुराहरुलाई गीतकारले उठान गरेका छन् । यस गीतको संगीत संयोजन गोपाल रसाईलीले गरेका छन् ।
साहार फिल्मस् एण्ड ईन्टरटेनमेन्टले बजारमा ल्याएको उक्त गितको म्युजिक भिडियोलाई राम केएसी. ले निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन, श्याम कुँवरको कलर संयोजन अभिनायक एम्. ले सम्पादन गरेका छन् । कुमार सिम्खडा, निशा पाख्रिन लगायतका कलाकारहरुको जिवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । गीतमा गायक सुनारले पढाई सकेपछि केहि काम नपाएको कुरा जताततै बेरोजगारहरुको लाईन भएको कुरा, महँगीले पेलेको कुराहरुलाई  आवाज र  दृश्य मार्फत छर्लङग पारेका छन् ।
राजधानीमा सुख सयल खोज्दै आउनेहरु, जागरि खोज्दै राजधानी छिर्नेहरुलाई राजधानीको मनोदशा र यथार्थतासंग यस गीत मार्फत जानकारी दिने उदेश्य लिएका छन् । चट्ट हेर्दा सुविधा सम्पन्न राजधानी देखिए पनि यो केवल धुलो, फोहोर र कंक्रिटको जंगल जस्तै देखिने शहर भएको कुरा आफ्नो रचना मार्फत बताएका छन् ।
हेर्नुहोस् भिडियो “काठमाण्डौको बसाई” :
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु