दुनियाँले नाचेर खाने केटी भन्छन्

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७१, बुधबार
  • रश्मी तामाङ, मोडल

नुवाकोटमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी रश्मी कुमारी तामाङ आजभोलिकी चल्तीकी मोडल हुन् । काठमाडौं आएको १८ वर्षमा उनले धेरै संघर्ष गरेकी छिन् रश्मीले । १८ वर्षभित्रमा उनले गरेको संघर्षले सफलता पाउन थालेको भने ९ वर्ष हुन थाल्यो । निर्देशक भुवन लामाले प्रशिक्षण लिएर स्टेज प्रोग्रा मगर्दै आएकी रश्मीले ६० भन्दा माथि म्यूजि भिडियोमा अभिनय गरिसकेकी छिन् । म धेरै क्लिकमा नआए पनि यो क्षेत्रमा धेरै लगानी गरिसकेकी छु भन्ने मोडल रश्मीसँग म्यूजिक खबरका लागि नारायण ढकालले गरेको कुराकानी ः

तपार्इं आफूलाई कसरी चिनाउनुहुन्छ ?
म आफूलाई नामभन्दा धेरै काम गरेर देखाउन चाहन्छु । मिडियामा आएर मात्रै मान्छे ठूलो हुने होइन उसको कर्मले ठूलो बनाउँछ भन्ने सोचाइले म मिडियातिर नआएको हो । जो मान्छे यो फिल्डमा पैसाका पछि दौडिएको देखिन्छ उ सधैं पैसा पैसा भनेर जान्छ । तर पनि ऊ अन्त्यमा नाम नै खोजिरहेको हुन्छ । आखिर पैसाले मात्रै मानिसलाई पुग्दैन भन्ने प्रमाणित भएकै कुरा हो । म पनि पैसाभन्दा काम गरेर नै नाम देखाउन चाहन्छु ।
काठमाडौंमा दुःख गर्न कत्तिको गाह्रो छ ?
यहाँ दुःख गर्न धेरै गाह्रो छ, दुनियाँ स्वार्थी छ । हामीसँग पनि कुनै न कुनै स्वार्थ लुकेको होला । तर स्वार्थका कारण हामीले सोचजस्तो फल प्राप्त गर्न सकेका छैनौं । हामी स्वार्थभन्दा पनि इमान्दारपूर्वक काम गर्न खोज्छौं त्यसैले पछाडि परिरहेका हुन्छौं भने स्वार्थी मान्छेहरु कुनै न कुनै रुपमा अगाडि देखिन्छन् । तर स्वार्थीहरुको आयु छोटो हुन्छ इमान्दारीको आयू लामो हुन्छ भन्ने मलाई लाग्छ । अर्थात् स्वार्थीहरु कहीँ न कहीँ चुकेका हुन्छन् र इमान्दारीले कहीँ चुक्नु र झुक्नु पर्दैन ।
तपाईंका अविश्मरणीय क्षण ?
धेरै क्षणहरु छन् । मैले सुरुमा कल्चरमा क्लास लिँदा फि तिर्न पैसा हुँदैनथ्यो । आमाले धेरै साथ दिनुभयो । कल्चरमा मेरो गुरुले फि नलिई मलाई छोरीजस्तो मानेर प्रशिक्षण दिनुभयो । उहाँ मेरो कर्म दिने बाबुआमा हुनुहुन्छ । उहाँलाई कहिल्यै बिर्सन सक्दिनँ ।
तपाईं यो ठाउँमा हुनुको श्रेय कसलाई दिनुहुन्छ ?
यो सम्पूर्ण श्रेय भुवन लामालाई जान्छ । किनभने उहाँले दिएको शिक्षाबाट म आज यो ठाउँमा आइपुगेको छु । त्यसपछि मेरी आमालाई यो श्रेय दिनुपर्छ । जसले जन्म दिएर हरेक क्षण राम्रो बाटोमा जान प्रेरित गरिरहनुभयो ।
स्टेज प्रोग्रामबाटै आउनुभएको मान्छे म्यूजिक भिडियोमा रमाउनुभएको छ नि ?
स्टेज प्रोग्रामबाटै आएको हुँ म । मेरा गुरु भुवन लामासँग स्टेज प्रोग्रामबाट आफूलाई यो ठाउँमा ल्याएको हुँ । अहिले म्यूजिक भिडियोमा मेरो अभिनय देखाइरहेको छु । स्टेज प्रोग्राम भनेको न घाम न पानी भनेर खटिरहनुपर्ने हुन्छ । दुनियाँले देख्दा नाचेर खाने केटी भन्छन् तर नाच्न कति गाह्रो छ, त्यो आफूलाई नै थाहा हुन्छ । तर अहिले म्यूजिक भिडियोमा व्यस्त छु । यो भनेको आरामले गर्ने काम हो जस्तो लाग्छ ।
अहिलेसम्म कतिवटा म्यूजिक भिडियो गर्नुभयो ?
६०÷६२ वटा म्यूजिक भिडियो गरिसकेँ । धेरै भिडियो गरे पनि मिडियामा नचलेका कारण मेरो २० वटा जति भिडियो मात्र मिडियामा आए । रहरैरहरले भिडियो बनाउनेहरुले आजभोलिको मिडियामा प्रसारण गर्न सकेनन् । म्यूजिक भिडियोमा खेलियो तर नबजाइएपछि हाम्रो अनुहार देखाउन पाउने ठाउँ नै भएन ।
तपाईं के देखेर यो क्षेत्रमा आउनुभएको ?
सबैको इच्छा हुन्छ आफूलाई टिभीमा देखाउने मेरो पनि त्यही हो । एकचोटी म सानो रोलमा टिभीमा देखिएकी थिएँ, त्यसपछि गाउँमा फलानोकी छोरी टिभीमा देखिएकी छे भनेर गाउँमा चर्चा चल्यो । त्यसपछि मैले केही गर्नुपर्छ भन्ने सोचर यो क्षेत्रमा प्रवेश गरेँ । त्यो रहर आज पूरा गरेको छु ।
हिरोइन हुन्छु भन्ने सोच छ की ?
त्यो सोच कहिल्यै लिइनँ । हिरोइन हुनुभन्दा पनि म सफल कलाकार कसरी हुन्छु भन्नेतर्फ मेरो ध्यान आकर्षित भएको छ । हिरोइन बनेर कमाउने चर्चा भन्दा सफल कलाकार बनेर जीवन्त हुनु सबैभन्दा ठूलो जस्तो लाग्छ । आइटम सङमा काम गर्ने इच्छा चाहिँ छ ।
तपाईं म्यूजिक भिडियोमा अभिनय गर्ने मान्छे, गीतसंगीतलाई कसरी बुझ्नुहुन्छ ?
गीतसंगीत भनेको आफ्नो कला प्रस्तुत गर्ने माध्यम हो । दुःख पर्दा आनन्द दिने र खुशी हुँदा साथ दिने गर्छ गीतसंगीतले । संगीत एउटा जीवन हो जस्तो लाग्छ ।
गीतसंगीतको बजार कस्तो छ भन्ने लागेको छ ?
गीतसंगीतमा सिआरबीटी पिआरबीटीले गर्दा राम्रो छ जस्तो लाग्छ । तर म्यूजिक भिडियोतर्फ भने सोचेजस्तो छैन । सुन्ने भन्दा हेर्ने गीतसंगीत भए पनि अलि बढी उच्छृंखल गीतहरुले बजार पाउने गरेको छ । बिक्री नभएको अवस्थामा कम्पनीहरुले पनि केही समय भनेपनि चल्ने संगीत खोज्छन् । तर चल्ने र चलाउने गीतसंगीतमा ध्यान दिनु जरुरी छ ।

rashmi tamang
लोकगीतको स्रोता दर्शक घटेका छन् भनिन्छ नि ?
लोकगीत भनेपछि लोकको मर्म बुझ्नेखालको हुनुपर्छ । लोकगीतका नाममा छोटा छोटा कपडा लगाएर नाच्दैमा राम्रो हुन्छ भन्ने होइन । आफ्नो पहिचान अनुसार लोककला संस्कृति झल्कने हुनुपर्छ । अहिले नाममात्रैको लोकगीत भएको छ । वास्तविक लोकको मर्म, मन छुने खालको लोकगीत हराइसकेको छ ।
तपाईं पनि लोकगीतमा नाच्ने मोडल, गुन्यूचोली मात्रै लगाएर नाच्नुभएको छ र ?
हामी भन्दा पनि शब्द, संगीत र गायनले मागे अनुसारको ड्रेस लगाउनै प¥यो । सकेसम्म गुन्यूचोली लगाउने हो । तर गीत र लगानीकर्ताले भनेजस्तो गरिएन भने हाम्रो पनि पेशा धरापमा पर्छ । निर्देशकले पनि गीत अनुसार हामीहरुको ड्रेस छान्ने हो । विकृति भिœयाउने काम गीत लेख्नेबाट सुरु भइरहेको छ । त्यसैले यो कुरामा शब्द, संगीत र गायनमा संलग्नहरुले मौलिक कला संस्कृति के हो भन्ने बुझ्नु पर्छ । अहिले लोकदोहोरीका नाममा फोहोरी गीत निर्माण हुन थालेको अवस्था छ ।
तपाईंको रेट कति ?
मेरो रेट यति नै भन्ने चाहिँ छैन । पहिला मैले के गर्न सक्छु भन्ने हो । गीत अनुसार मैले आफ्नो कला प्रस्तुत गरेँ भने बल्ल रेटको कुरा आउँछ । फेरी निर्देशकहरुले भनेको रेट अनुसार नै काम गर्नुपर्ने हुन्छ । तर थोरै भने लिने गरेकी छैन ।
निर्देशक र मोडलको सम्बन्धका बारेमा निकै चर्चा हुने गर्छन्, तपाईंसँग पनि त्यस्ता अफर आउलान् नि ?
तपाईंको अभिनय राम्रो, डान्स राम्रो भनेर बोलाउने कम हुन्छन् तर शर्तमा काम गरौं भन्नेहरु धेरै हुन्छन् । यो क्षेत्रमा नराम्रो नजर भएका धेरै छन् । कसैले डाइरेक्ट भन्छन् कसैले इनडाइरेक्ट भन्ने गर्छन् त्यसमा आफूले बुझ्नुपर्छ । नराम्रो काम गरेर चर्चामा आइन्छ भनेर सोच्नु गलत हो । त्यस्तो शिकारमा म पनि परेको छु । तर हामी मोडलहरुले त्यसरी काम गर्नु हुन्न । उनीहरुको लोभीपापी आश्वसनमा हामी फस्नु हुन्न । आफ्नो कला प्रस्तुत गरेर आउनुपर्छ ।
राम्री मोडललाई प्रेम प्रपोज कत्तिको आउँछ ?
धेरै आउने गर्छन् सबैलाई स्वीकार गर्न गाह्रो हुन्छ । तर सबैलाई नकार्न पनि हुन्न । राम्रो लाग्यो भनेर मेरो तारिफ गर्नेहरुलाई धन्यवाद भन्छु । कुनै त्यस्तो प्रेमी चाहिँ छैन । एउटा मोडलको अघिपछि त लागिहाल्छन् नि ?

rasmi_bc

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु