दोस्रो बिहेको गर्दिनन् करिश्मा : करिना

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७१, शुक्रबार

मुम्बई, (एजेन्सी) । पति सञ्जय कपुरसँग टाडा भएपछि अभिनेत्री करिश्मा कपुर दोस्रो बिहेको सुरसारमा छिन् । करिश्मा र दिल्लीका व्यापारी सञ्जयको सम्बन्धविच्छेद मुद्दा अदालत पुगेको छ । यी दुई केही समय यताबाटै अलग–अलग बस्दै आएका छन् । तर, कश्रिमा दोस्रो बिहे गर्ने मुडमा नरहेकी उनकी बहिनी अभिनेत्री करिना कपुर खानले बताएकी छन् । करिनाले भनिन्, ‘करिश्माले दोस्रो बिहे गर्दिनन् ।’
बलिउडमा हिजोआज करिश्माको व्यापारी सन्दीप तोशनिवालसँग प्रेम चलिरहेको चर्चा छ । समाचारमा जनाइएअनुसार पति सञ्जयसँग अलग भएपछि करिश्मा सन्दीपसँग डेटिङमा छिन् । उनीहरु बिहेको अहिले योजनामा रहेको बताइन्छ । सन्दीपको पनि आफ्नी पत्नीसँग सम्बन्धविच्छेद भएको हो । उनका दुई छोरी छन् । तर, पछिल्लो समय करिनाले करिश्माले दोस्रो बिहे गर्न लागेको खबरलाई नकारेकी छन् ।
सुत्रका अनुसार सन्दीप करिश्मालाई केही समय यता भावनात्मक सपोर्ट गर्दै आएका छन् । जब करिश्मा र सञ्जयबीच खटपट सुरु भयो, तब सन्दीपले करिश्मालाई सहयागे गर्न थालेका हुन् । सन्दीपकै उस्काइमा करिश्माले सञ्जयविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी बताइन्छ ।
करिनाले एक दैनिक पत्रिकासँग भनेकी छन्, ‘लड्नु ठीक कि अलग–अलग बस्नु । करिश्मा अब दोस्रो बिहे गर्ने विचारमा छैनन् । उनी एक्लै बस्न चाहन्छिन् ।’ यसैक्रममा करिनाले अझै दुई वर्ष आफूले सन्तान नपाउने पनि बताइन् । ‘म र सैफ अभैm दुई वर्ष सन्तान चाहँदैनौं’ करिनाले एक प्रशंगमा भनिन्, ‘यस समय हामी आफ्नो करिअरलाई प्राथमिकता दिनेछौं ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु