दोहोरीमा पहिलोचोटी छिरेँ, अब सधैं चाँदनी नै आउँछु : करिश्मा

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७४, बुधबार

५ पुष, काठमाडौं । चलचित्रकी सदाबहादर अभिनेत्री करिश्मा मानन्धरले आफू पहिलोचोटी दोहोरीमा प्रवेश गरेको बताउँदै भनिन्– दोहोरी त साह्रै रमाइलो हुँदो रहेछ, मलाई दोहोरीले आकर्षित ग¥यो । पारिवारिक वातावरणमा दोहोरी संचालन हुँदोरहेछ ।’ अबदेखि दोहोरी आउनुपर्दा सधैं चाँदनी नै आउने बाचा गर्दै अभिनेत्री मानन्धरले चलचित्रमा पनि लोकदोहोरीको राम्रो प्रयोग भएको इतिहास कोट्याइन । काला कुर्तैले ६ महिने जागिर खाएँदेखि पछिल्लो समय लोकगीत र दोहोरीको प्रभाव चलचित्रले धेरै गरेको बताउँदै उनले भनिन्– दोहोरी त हाम्रो संस्कृति हो ।

त्यस्तै गायक प्रदीप देवानले आफू आधुनिक शैलीका प्रगतिशील गीतहरु गाउने गरेको भए पनि दोहोरी साँझमा भजन गाउँछु भन्दै श्री गणेश श्री गणेश बोलको भजन गाएर सबैलाई सुनाए ।

त्यसैगरी गोर्खा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङले दोहोरी मुलुकको कला संस्कृतिको प्रमुख केन्द्र भएकाले यसको संरक्षणमा सबै जुट्नु पर्ने बताए । दोहोरी व्यवसायका माध्यमले मुलुकमा धेरैले रोजगार पाउनुका साथै नेपाली कला संस्कृतिलाई व्यवसायिक रुपमा अगाडि बढाएकोमा चाँदनी रोधी नाचघर संचालन भएको खुशी व्यक्त गर्दै शुभकामना दिए ।

त्यसैगरी चाँदनी नाचघरका संचालक समितिका अध्यक्ष भीम श्रेष्ठले दोहोरी साँझमा नयाँ प्रयोगका साथमा चाँदनी अगाडि बढेको बताउँदै दोहोरीमा गाइएका गीतहरुबाट रोयल्टी दिन आफूहरु नहिचकिचाउने बताएका छन् । साँझमा गाइएका गीतहरुलाई अफर कार्डका माध्यमले स्रष्टाको सिर्जनाको मूल्य तिर्न चाँदनी सदैव तयार रहेको बताउँदै श्रेष्ठले आगामी दिनमा दोहोरीलाई पारिवारिक रुपमा संचालन गर्ने बताए ।

विगत चारमहिनादेखि परीक्षणकालको रुपमा संचालनमा आएको चाँदनी रोधी नाचघरले आजबाट औपचारिक रुपमा संचालन गरेको छ । अभिनेत्री करिश्मा मानन्धरको प्रमुख आतिथ्यतामा दोहोरीको समुद्घाटन गरिएको थियो । दोहोरी संचालकहरुमा अध्यक्ष भीम श्रेष्ठ, सदस्यहरुमा गायक दीपसागर थापा, प्रकाश गुरुङ, मेक थापा, कुमार भुजेल रहेका छन् । त्यसैगरी कलाकारहरुमा अर्जुन सुनाम, लुकमान घर्ती, सविन पौडेल, अमृता श्रीपाल, अनु घर्ती, शोभा थापा मगर, सुमित्रा तामाङ, भीमा लामिछाने मगर, शिला वि.क., अमृता नेपाली, कमल विष्ट, तुलसा घर्तीमगर लगायतका रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु