नयन र रिनाको मायाको हल्ला मिलनले यसरी चलाए, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७४, बुधबार

१४ चैत, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र युट्यूबमा छाएका युवा गायक तथा संगीतकार मिलन कँडेलले आफ्नो नयाँ लोक पप गीत साङ्गितिक बजारमा ल्याएका छन् । ‘हल्ला फिजायो’ बोलको सो गीत र भिडियोलाई बुढा सुब्बा म्यूजिकले युट्यूबमार्फत सार्वजनिक गरेको हो ।

यसअघि ‘सररर हावा चल्यो’ बोलको आधुनिक गीत बाट चर्चा कमाएका गायक कँडेलले करिब एक दर्जन गीतहरुमा स्वर तथा संगीत भरिसकेका छन् । अहिलेसम्म कँडेलकै स्वर, संगीत र शब्दमा आधुनिक, पप तथा सेलोलगायतका एक दर्जन गीतहरु बजारमा आइसकेका छन् ।

हल्ला फिजायोको भिडियोमा मोडेलद्घय नयन सिंह र रिना गिरीको अभिनय र भने केदार धितालको निर्देशन रहेको छ । उत्सव दाहालको छायाङ्कन रहेको सो गीतको शब्द, संगीत र स्वर कँडेलको रहेको छ । 

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु