नायिकाको अश्लिल भिडियो सार्वजनिक । नायिकालाई पक्राउ आदेश

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७०, बुधबार

काठमाडौं। पाकिस्तानी नायिका मीराले आफ्नो पति क्याप्टेन नाविद सहजादसँग अश्लिल भिडियो खिचेपछि उनीहरुको भिडियो सार्वजनिक लगत्तै अदालतले पक्राउ आदेश जारी गरेको छ । अदालतले गत सोमबार प्रहरीमार्फत् पक्राउ आदेश दिएको हो । मिराले आफ्नो पतिसँगको भिडियोलाई सार्वजनिक गरेपछि पाकिस्तानका मिडियाहरुमा ब्रेकिङ समाचार बनेको थियो । मिरालाई अतिरिक्त जिल्ला न्यायाधीश सफ्दार भाट्टीको इजलासले अश्लिल भिडियो खिचेको घटनालाई ‘पाप कर्म’ भएको निष्कष निकाल्दै मुद्दा दायर गरेको हो ।
अदालतले स्थानीय मोजाङ प्रहरी कार्यालयका प्रहरी अधिकृतलाई यो घटनाको बारेमा बेलैमा प्रतिवेदन नदिएको भन्दै कार्वाही आदेश पनि दिएको छ । ‘दम्पत्तिले अश्लिल भिडियो खिचेर समाजमा उच्छृंखलता फैलाएको र इस्लामिक मान्यता तोडेको भन्दै परेको रिट निवेदनमा भनिएको छ ‘यस्तो पाप कर्म गर्नेलाई कडा सजाय दिइयोस् ।’ तर सहजादले आफूहरु वैधानिक दम्पत्ति भएकोले यौनजन्य भिडियो खिच्नु अपराध नभएको दावी गरेका छन् । उनीहरुले आफ्नै घरमा यौन क्रियाकलाप गरिरहेको बेला आफैंले भिडियो खिचेको बताएका छन् । जुन केही महिनाअघि इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो । यता, मीरा भने सो भिडियो आफूहरुको नभएको दावी गर्दै बदनाम गराउने प्रपञ्च भएको बताउँदै आएकी छिन् ।

meera-620x400

[youtube]https://www.youtube.com/watch?v=O1Gzw0HgJRA[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु