निरुको ‘परदेश’ भित्र ‘धन कमाउन परदेशैमा’ आउँदै

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७३, आईतवार

काठमाण्डौ । वास्तवमै नेपालमा धन कमाउनका लागि परदेशमै जानुपर्ने बाध्यात्मक परिस्थिति छ । स्वदेशमा बसेर जतिसुकै आदर्श र राष्ट्रभक्तिका भावमा वहश गरेपनि आखिरमा हात मुख जोर्न जोसुकैलाई कठिन नै भएको पाइन्छ । विदेशीनु भनेको रहर नभई गरिबि र बेरोजगारीताको विकरालरुप हो । तर धन कमाउन विदेशीए पनि आखिरमा पिडित नै हुनु परेको छ, सन्तुष्टि हुन सक्ने स्थिति छैन विदेशीएका मनहरुले ।

यस्तै यथार्थ भावले ओतप्रोत भएको गीत नेपालको सांगीतिक बजारमा आउने भएको छ । अमेरीकामा रहेर नेपाली सांगीतिक बजारमा पहिलो पाइला चालेकी नीरु न्यौपानेले ‘धन कमाउन परदेशैमा’ गीत ल्याउने भएकी हुन् । निरु न्यौपानेको शब्द रहेको ‘परदेश’ एल्बममा समाहित हुने उक्त गीतमा निक्कै लामो समयको अन्तराल पछी लोकदोहोरीका हस्तीहरु बिमल डाँगी र बिमा कुमारी दुराको सुमधुर आवाज सुन्न सकिन्छ गीतमा । त्यस्तै बिशेष गरी नयाँ कलाकार लाई प्राथमकितामा राख्ने र बिसिस्ठ ब्यक्तित्वहरुसँगको सम्मान पूर्वक सहकार्य मन पराउने सर्जक गणेश चौलागाईंको लय तथा संयोजन मा नयाँ गीत ‘धन कमाउन परदेशैमा’ आउन लागेको हो ।bimal-dangi_bima-kumari-copyगरीबि र दुख ले गर्दा परदेसिएको, धन पैसाको लागी जती नै गरेपनी दुःखी को दुःख मा कोही नभएको फरक कथा बस्तु बाट गीत को सुरुवात गरिएको छ । भक्तपुरका बिभिन्न रमणीय दृष्यहरुलाई कैद गरिएको म्यूजिक भिडियोभिडियोको छायांकन कार्य समेत सकिएको छ । देवीन्द्र छेत्री र रेस्मा के सि को अभिनय रहेको म्यूजिक भिडियोमा कपिल लामालेको निर्देशन रहेको छ । राजेश घिमिरेको छायांकनमा तयार भएको यस गीतको म्यूजिक भिडियो केहि दिनमै सांगीतिक बजारमा सार्वजनिक हुनेछ । यस गीत लाई बिन्धबासिनी म्यूजिक ले ब्यबस्थापन गरेको छ ।dhan-kamauna_ganesh

dhan-kamauna-pardesaima

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु