
असार १६, काठमाडौं । चलचित्र ‘वडा नम्बर ६’मा समावेश भएको चलचित्र ‘सुर्के थैली’ युट्युबमा नयाँ रेर्कड बनाएको छ । २३ महिना अगाडी सार्वजनिक भएको उक्त गीतलाई युट्युबमा २ करोड भन्दा बढीले हेरेका छन् । जुन नेपाली गीत सङ्गीत इतिहासमा पहिलो हो ।
राजनराज सिवाकोटीको शब्दरसंगीत समावेश गीतमा राजनराज सिवाकोटी, अन्जु पन्त र राजु विश्वकर्माको स्वर समावेश छ । गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे, रन्जिता गुरुङ शङ्कर विसीले नचाएका छन् । उज्जवल घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘वडा नम्बर ६’ दुई वर्ष अगाडी प्रदर्शनमा आएको थियो ।