नेपाल आईडलका ३ फाइनालिस्टले नेपाली नयॉं वर्ष कोपेनहेगन डेनमार्कमा मनाउने!

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७४, सोमबार

चैत्र २६, कोपेनहेगन । नेपाल म्यूजिक फेष्टिभलको आयोजनामा नेपाली नयॉं वर्ष २०७५ को पावन अवसरमा कोपेनहेगन, डेनमार्कमा नेपाल आइडलका बुध्द लामा, निसान भट्टराई र प्रताप दासको साथमा मनाइने भएको छ । ‘थुप्रै नेपालीहरू देशलाई छाडेर बिदेशि भुमीमा बसोबास गर्नु पर्ने बाध्यता भएता पनी आफ्नो देशको कला संस्कृति र संगित हाम्रा गहना हुन र जगेर्णा हाम्रो कर्तव्य हो’ भन्ने सन्देश सहित हुने कार्यक्रमको अन्तिम तयारी भइरहेको छ ।

नेपाल म्यूजिक फेष्टिभलले स्थानिय स्तरमा हरेक महिना सांगीतिक कार्यक्रम( jamming) को आयोजना गर्नेुका साथै समाजमा हुने हरेक सामाजिक कार्यहरूमा हातेमालो गर्ने गर्दछ । साथै बर्षको 1 or 2 पटक आफ्नौ ठुला कार्यक्रमहरूको आयोजना संस्थाका संम्योजक मनोज खडकाले बताउनु भयो।

यस पटक नेपाल म्यूज़िक फेष्टिभल, डेनमार्क ले नेपाल आइडल ( Nepal Idol ) लाई बार्षिक कार्यक्रमको लागी निम्त्याएको र साथमा डेनमार्कमै बसोबास गर्दै नेपाली सांगीतिक यात्रामा भरखरै लाग्नु भएको गायक राजमान तामाङ, नेपाल म्युजिक फ़ेस्टिवल (NMF) को म्युजिकल ब्यान्डको (एड्रियन मारियस राता, फ्लोरीन कृजोम, प्रविन गुरुडं, बिवेक, डीमोद डंगोल, पुनम लामा, रुसिका गुरुडं, अर्चना सार्की, छीरीडं यानचेन लामा)को प्रस्तुति रहनेछन।

त्यसै गरी अन्तराष्ट्रीय नेपाली कलाकार समाज डेनमार्क (INAS) का कलाकारहरु सोबु केसी, सैलेश बि.क., मलिका प्रधान, सिन्थिया सेन ताम्राकार श्रेष्ठ, बाल कलाकारहरु स्नेहा पौडेल, चारु ज्ञावाली र अनुपा गौतम सहीतको जोडदार प्रस्तुतिहरुले कार्यक्रमलाई अझै बडी रौनकता ल्याउने कुरामा आयोजकहरु विश्वस्त रहनु भएको छ।

नेपाल आइडलको अलवा स्थानीय कलाकारहरुको संयोजन INAS डेनमार्कले गरेर कार्यक्रम सफल बनाउन आयोजकलाई सहयोग गरेको छ भने डेनमार्कमा अवस्थित सम्पुर्ण नेपाली संघ संस्थाहरुले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन पुर्ण रुपमा सहयोग भएको नेपाल म्युजिक फ़ेस्टीवल परीवारले जानकारी दिनु भयो। नेपाल म्यूज़िक फेष्टिभल सम्पुर्ण डेनमार्क बासी नेपाली आमा बुबा, दिदि बहिनी तथा दाजु भाईहरू लाई कार्यक्रममा उपस्थित भई कलाकारहरूको सम्मान र कार्यक्रम लाई सफल पार्न उपस्थित भई दिनको लागी हार्दिक निमन्त्रण गर्दछ।

कार्यक्रमको विवरण Organized by:- Nepal Music Festival Denmark Date:- 13th Friday April 2018 Theme:- social integration with the music within society to society. Gate opens 17:00 onwards venue: Gammel kong landevej 117, 2500 copenhagen, Valby.

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु