पशुपती शर्मा र मन्जु पौड्याल बीच झगडा (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७३, मंगलवार

काठमाडौं, मंसिर १४ । लोकप्रिय गायिका मञ्जु पौडेल र गायक पशुपती शर्माको घम्सा घम्सी भएको छ । सधै जसो प्रेममा आधारित गितहरु सार्वजनिक गर्दै आएकी मञ्जु र समय सापेक्ष सुपरहिट गीत प्रस्तुत गर्दै आएका पशुपती बिच यतिबेला चरम झगडा भएको छ । हालै सार्वजनिक भएको एक फरक खालको रोइला गितमा गायक–गायिका बिच झगडा परेको हो । रोइला भाकामा तयार पारिएको गितमा दोहोरी गितमा गाउदा हार्ने र जित्ने जस्ता कथा बस्तुमा गित तयार गरिएको छ ।pashupati-manjuबिशेष तयारी नगरिएको, स्टुडियो भित्र तत्काल शब्द तयार गरिएको अती नै ठट्यौली र घोचपेचले भरिपूर्ण यो गीत आज मात्र युट्युबमा रिलिज गरिएको छ । मन्जु र पशुपतीले एक अर्कालाई छेड्खानी गरेको निकै नै रमाइलो भिडियो देख्न सकिन्छ ।
रोइला गित सार्वजनिक गर्दै गायिका मञ्जुले फरक कथा बस्तुमा फरक खालको स्वाद दिलाउन खोजेको बताइन । गितमा गाउदै गर्दा हारे पशुपती शर्माले गितै गाउन छोड्ने जस्ता कथा समाबेश गरिएको छ भने गायिका मञ्जु पौडेलले ढुक्क संग जित्ने र आफ्ना भाडा माजने जस्ता कथा बस्तु राखिएको छ ।

गितको अन्तिम सम्म दुबै गायक गायिकाको झगडा वढेको कथा बस्तु समाबेश छ । मञ्जु र पशुपतीको शब्द रहेको गितमा पशुपतीको लय रहेको छ । गितको म्युजिक भिडियोमा पशुपती, मञ्जु,नरेश,कबिता अभिनय रहेको छ भने बि.एम.एस. फिल्मस् प्रालिले गीतको बजारमा व्यबस्थापन गरेको छ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु