पहिलो नेपाल आइडियलको उपाधि जित्ने बुद्ध लामा को हुन् ?

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७४, शनिबार

असोज ७, काठमाडौं । पहिलो नेपाल आईडलको उपाधी पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन् । कतारको दोहामा भएको फिनालेमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुबाट सबैभन्दा बढी भोट पाएर बुद्ध लामा बिजेता बनेका हुन् ।

 

एपिवान टिभीका अनुसार उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।  उनका प्रतिस्पर्धीहरु निशान भट्टराई र प्रताप दास क्रमश फस्र्ट र सेकेन्ड रनरअप भएका छन् ।

 

नेपाल आईडलको बिजेता बने सँगै बुद्ध लामाले महिन्द्रा केयूभी १०० गाडी, २० लाख रुपैयाँ, र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । त्यस्तै फस्र्ट रनरअप निशान भट्टराईले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

 

पहिलो नेपाल आइडियलको उपाधि जित्ने बुद्ध लामा को हुन् ?

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।

 

बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ र गाउने पनि गर्छन् ।

 

आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै बुद्धले सांगीतिक करिअर सुरु गरेका थिए।घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारको निकै ठुलो देन छ ।

 

दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन२०११’मा चौथो भए ।

 

गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् ।

 

चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।विगत केहि बर्षदेखि उन्ले पोखराको एक दोहोरी साँझमा पनि गाउने गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु