‘पावर अफ डान्स’को अडिसन सुरु

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७३, आईतवार

लालीगुरास कला केन्द्र नेपालले नवप्रतिभाको खोजी गर्ने उदेश्यले देशव्यापी रुपमा नृत्य प्रतियोगिता ‘पावर अफ डान्स’को आयोजना गर्ने भएको छ । देशैभरी लुकेर रहेका नवप्रतिभाको खोजी गर्ने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगीताको लागि देशभरिका मुख्य शहरमा अडिसन सुरू भइसकेको छ ।

13528949_1119045511495570_4874399150179327987_n

काभ्रे जिल्लाको बनेपाबाट सुरू गरिएको पहिलो राउन्डमा पनौती, धुलीखेल, खोपासी, भकुण्डे बेशी लगायतका ठाउँहरू बाट प्रतियोगिहरूले भाग लिएर आ–आफ्नो प्रस्तुति दिएका थिए भने निर्णायकको भुमिकामा फिल्मी क्षेत्रका चर्चीत व्यक्तित्व दिलकृष्ण श्रेष्ठले गरेका थिए ।

13466089_1157082817688184_235521136941551037_n

त्यस्तै निर्देशक माधब खरेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको अडिसन राउन्डमा, बिशिष्ट अतिथिको रूपमा रमेशराज श्रेष्ठ (मेलोडी) रहेका थिए । समाज सेवी, उघोगी, ब्यापारी लगायत बरिष्ठ ब्यक्तीहरूको उपस्थिति रहेको अडिसनमा करिब ३०० जना प्रतिस्पर्धीले भाग लिएका थिए । उक्त अडिसनमा सहभागी  करिब ३०० प्रतिस्पर्धीहरू मध्येबाट ११ जनालाई काठमाडौं अडिसनको लागि चुनिएका दिलकृष्ण श्रेष्ठले लाइकनेपाल लाइ बताए । प्रतियोगिताको आगामी अडिसन राउण्ड असार १८ गते भक्तपुरमा हुने छ ।

13515334_1119205538146234_156634589_n

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु