पोखरामा नारायण गोपालको स्मृति दिवस मनाइने

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७३, सोमबार

narayan_gopalपोखरा । स्वर सम्राट् नारायण गोपालको स्वरमा जादू छ, मिठास छ, दर्द छ, मोहिनी छ – अनि प्रत्येक गीतले मुटु छोइदिन्छ, पाइला भर्काइ दिन्छ, आँखा रसाइदिन्छ, सपना जगाइ दिन्छ, फूल फुलाइदिन्छ । यस्ता जादुमयी स्वरका धनी अमर गायक नारायण गोपालको स्मृति दिवस हरेक वर्षको मङ्सिर १९ गते देशव्यापिरुपमा मनाइने गरिएको छ । नेपाली गीत संगीतका अनुरागी र नारायण गोपालको स्वरमा डुव्नेहरुका लागि विशेष दिन अर्थात नारायण गोपाल स्मृति दिवस पोखरामा पनि भिन्न ३ सांगीतिक संस्थाहरुको आयोजनामा मनाउने भएका छन् ।

अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे.ई.म्युजिक एकेडेमीले संयुक्त रुपमा नारायण गोपालको स्मृति दिवसको सन्दर्भ पारेर कार्यव्रmम गर्न लागेका हुन् । मङ्सिर १८ गते शनिबार पोखराकै फुलबारीस्थित जे.इ.म्युजिक एकेडेमीमा हुने कार्यव्रmममा स्वर सम्राट्का स्वरमा भएका गीतहरु नयाँ र पुराना डेढ दर्जन कलाकारहरुले गाउने जनाइएको छ । कार्यक्रमलाई व्यवस्थित गर्नका लागि जे.ई.म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजूको संयोजकत्वमा ११ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, सचिवमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, कोषाध्यक्षमा जे।ई। म्युजिककी इतु जोजिजू र सहसचिवमा अनुपमका रुपिन्द्र प्रभावी रहेका छन् । यस्तै, सदस्यहरुमा सुरज उपाध्याय, अल्पज्ञानी, पशुपति गुप्ता, लक्ष्मी गिरी, नरेन्द्रमान श्रेष्ठ र वीरेन्द्रमान पालिखे रहेका छन् ।

हरेक महिनाको पहिलो शनिबार संयुक्त रुपमा ‘सुगम सङ्गीत यात्रा’ नामक साङ्गीतिक अभियान सञ्चालन गरिरहेका तीन संस्थाले यस वर्षदेखि हरेक वर्ष नारायण गोपाल स्मृति दिवस मनाउने निर्णय गरेका हुन् । नेपाली साङ्गीतिक क्षेत्रका स्वर सम्राट् नारायण गोपालको जन्म वि। सं। १९९६ असोज १८ गते भएको थियो भने २०४७ मङ्सिर १९ गते निधन भएको थियो । उनले करिव ५ सय नेपाली गीत गाएका छन् भने उनीद्धारा संगीतबद्ध गीतहरु नेपाली सांगीतिक क्षेत्रमा अजर अमर मानिन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु