प्रतिभाशाली गायक राजमानको ‘हल्का हल्का नजर’ (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७४, आईतवार

Rajman Tamang

वैशाख २४, काठमाडौं । प्रतिभाशाली उदयमान गायक राजमान तामाङको “हल्का हल्का” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसै बर्ष निस्केको सांगीतिक कोसेली ‘उत्सव’मा समावेश भएको सो गीतमा सागर उपाध्यायको शव्द रहेको छ भने संगीतकार मीन गुरुङले संगीत भरेका छन । उदयराज पौडेलको अरेन्जमा रेकर्ड भएको सो गीतमा राजमानलाई गायिका मेलिना राईले गायनमा साथ दिएकी छिन् ।

halka-halka- Rima-Bishwokarma
चर्चित कलाकार रिमा विश्वकर्मा र निराजन प्रधानको अभिनय देख्न सकिने म्युजिक भिडियो धीरज जंग शाहले छायांकन गरेका हुन भने सुरज सिंह ठकुरीले निर्देशन गरेका हुन् । भिडियोमा युवा प्रेमिल जोडीको सुन्दर प्रेमभावका रोमाञ्चक दृश्यहरु देख्न सकिन्छ । सुन्दर दृश्यहरुको संयोजनका साथै गायक र गायिकाको उपस्थितिले पनि म्युजिक भिडियोलाई अझ आकर्षक बनाएको छ ।

पहिलो सांगीतिक एल्वम ‘उत्सव’ मार्फत आफ्नो कलाको परिचय दिएका यी प्रतिभाशाली गायकले डेनमार्कमा आधारित भएर युरोपका विभिन्न नेपाली समुदायमा सांगीतिक प्रस्तुति पनि दिदै आएका छन् ।

गायक राजमानको ‘हल्का हल्का नजर अब’ म्युजिक भिडियोमा हेरौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु