प्रतिष्ठानमा शर्माको नेतृत्व, बद्रीको बहुमत

म्यूजिक खबर
प्रकाशित: १५ आश्विन २०७०, मंगलवार

लोकदोहोरी प्रतिष्ठानको सुर्खेतमा भएको अधिवेशनबाट चन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । लोकदोहोरी क्षेत्रका गायक गायिकाहरुको छाता संगठनका रुपमा रहेको लोक दोहोरी प्रतिष्ठानको सुर्खेत अधिवेशनलाई लोकसंगीतको क्षेत्रमा विशेष रुपमा हेरिएको थियो । सुर्खेतमा असोज १२, १३ र १४ गतेसम्म भएको पाचौ“ अधिवेमा विभिन्न गुट र उपगुट भनिँदै आएका पनि अन्ततः चन्द्र शर्माले बहुमतले विजयी हासिल गरेका हुन् । निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपानेको अध्यक्षतामा भएको कार्यसमितिलाई भंग गर्दै चन्द्र शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
चन्द्र शर्माले अध्यक्षका प्रत्यासी गायक विष्णु खत्रीलाई ३ सय ८० मतले पराजित गरेका थिए । सबै पदका लागि निर्वाचन भएको निर्वाचनमा गायक बद्री पंगेनीले आफ्ना प्रतिद्वन्द्वीलाई सबैभन्दा ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका छन् । पंगेनीले ९ सय ६७ मतको अन्तरले कृष्ण देवकोटालाई वरिष्ठ उपाध्यक्ष पदमा पछारेका हुन् । प्रथम उपाध्यक्ष पदमा टीकाराम चपाई“, द्वितिय उपाध्यक्ष विमलराज क्षेत्री, महासचिवमा रमेश बिजी र सचिवमा पशुपति शर्मा र शिरीष देवकोटा, कोषाध्यक्षमा रिता थापा  र  सह–कोषध्यक्ष्मा दीपक खड्का निर्वाचित भएका छन् ।
एघार सदस्यका लागि भएको निर्वाचनमा गायक रामजी खा“ड, नृत्य निर्देशक शंकर विसी, गायक खुमन अधिकारी, राजु गुरुङ, चोलेन्द्र पौडेल, कुलेन्द्र विक, सुवास केसी, पुश्कल शर्मा, तारापति सुवेदी, हरि थापा मगर र होम गैरे निर्वाचित भएका छन् । महिला सदस्यमा टीका पुन, राधिका हमाल, रमिला न्यौपाने र जमुना रानाले चुनाव जितेका छन् । अधिकांश पदाधिकारी र सदस्यमा लोकप्रिय कलाकारले विजय हासिल गरेका छन् । २९ जनाको कार्यसमिति रहने प्रतिष्ठानका चार सदस्य मनोनित गरिने बताइएको छ । वियजी भएका चन्द्र शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई म्यूजिक खबर डटकमको  हार्दिक शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु