प्रशिक्षणमा- नेपाल फेसन आइकन २०१६

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७२, बुधबार

काठमाडौ । रन वे नेपालको आयोजना रहेको ‘नेपाल फेसन आइकन २०१६’ का सहभागीहरु अहिले प्रशिक्षणमा रहेका छन् । राजधानीमा आयोजित बिभिन्न अडिसनबाट छानिएका ४० प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागी अहिले प्रशिक्षणमा जुटेको रन वे नेपालकी सिइयो चाँदनी लामीछानेले जानकारी दिएकी छन् । रन वे नेपालले यस अगाडी रन वे मोडलको सफल आयोजना गरिसकेको छ । महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगतमा नयाँ आयाम थप्नु का साथै नेपाली प्लेटफर्म आबश्यकको मोडल उत्पादन गर्नु मुख्य उद्देश्यले ‘नेपाल फेसन आइकन २०१६’ ’आयोजना गरिएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् । दर्जन बढी सौदर्य प्रतियोगीताको करिब एक दशक कोरियोग्राफी अनुभव सहित चाँदनीले ‘रन वे नेपाल’ सुरु गरेकी हुन् ।fashain_icon2
लामिछानेका अनुसार प्रतियोगीतामा पहिलो चरणको प्रशिक्षण सुरु भएको छ । जसमा प्रतियोगीले ब्यक्तित्व बिकाश, रन वे नलेज , सेल्फ ड्रेस अप, फोटो सुट ,सेलिब्रेटी गेष्ट क्लास (अभिनेता ,अभिनेत्री तथा मोडल ,मिडियो पर्सनबाट),पब्लीक स्पिकिङ, अन्र्तबार्ता सेसनलगायतका बिषयमा ज्ञान हासिल गर्न सक्नेछन् । प्रतियोगीताको दोस्रो चरणमा प्रशिक्षण सुरु हुने क्रममा छ । यो सेसनमा पनि ब्यबहारीक तथा अन्तराष्ट्रिय प्लेटफर्मलाई चाहिने बिभिन्न ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ ।

Fashain_icon
प्रतियोगीतामा २० महिला र २० पुरुष अन्तिम प्रतियोगीताका लागी अहिले छानिएका छन् । ट्यालेन्ट राउन्ड र प्रिजजिंग पछि मात्र प्रतियोगी अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउँनेछन् । प्रतियोगीता शिर्ष सहित बिभिन्न दर्जन बिधामा बिजेता घोषणा गरिनेछ । प्रतियोगीताको शिर्ष बिजेताले चलचित्र ,म्युजिक भिडियो अभिनयलगायत स्वदेशमा आयोजना हुने बिभिन्न फेसन तथा मोडलिङ कार्यक्रममा सहभागीताको अवसर प्राप्त गर्नेछन् ।

fashain_icon1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु