फिल्मको जस्तै शाहरुख–गौरीको प्रेम कहानी

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७१, बिहीबार

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरीको प्रेम कहानी कुनै फिल्मको कहानीभन्दा कम छैन । फरक–फरक धर्मका बावजुद शाहरुख र गौरीले एक–अर्कालाई स्वीकारेका हुन् । शाहरुख र गौरी स्कुलको एक पार्टीको दौरानमा भेटेका थिए । उक्त पार्टीमा शाहरुखले गौरीलाई पहिलोपटक एक केटासँग डान्स गरिरहेका देखेका थिए । आखिर त्यही केटी (गौरी) सँग शाहरुखको प्रेम बस्यो र विवाहसमेत गरे । उनीहरुले प्रेम सुरु गर्दा शाहरुख खान १९ र गौरी १४ वर्षकी थिइन् ।
भनिन्छ, शाहरुखले गौरीलाई पहिलो भेटमै मन पराएका थिए । तर, शाहरुखको प्रेम प्रस्ताव सुरुमा गौरीले अस्वीकार गरेकी थिइन् । आखिर ‘किङ अफ रोमान्स’ शाहरुखका अगाडि गौरी थाकिन् र प्रेम स्वीकार्न बाध्य भइन् । पहिलो भेटदेखि नै शाहरुख गौरीप्रति एकदमै आकर्षित थिए ।
शाहरुखको पजेसिभका कारण दिक्क भएर एकपटक गौरीले दिल्ली छाडेर मुम्बई आएकी थिइन् । शाहरुख गौरीलाई मनाउन मुम्बई नै पुगेका थिए । तर, शाहरुखलाई गौरी मुम्बईमा कहाँ बस्छिन् भन्ने थाहा थिएन । उनले दिनरात मुम्बईका गल्ली–गल्ली खोजिरहे । एक दिन शाहरुखले गौरीलाई मुम्बईको एउटा गल्लीमा क्सिा कुरिरहेको अवस्था भेटेका थिए । शाहरुखलाई देखेपछि गौरी रुन थालिन् ।
शाहरुख र गौरी आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न तयार थिए । तर उनीहरुलाई धर्मले राकेको थियो । फरक–फरक धर्मका कारण उनीहरका घरपरिवारले कडा आपति जनाएका थिए । शाहरुखले गौरीको परिवारवाई मनाउन खुब पापड पेले । र अन्ततः यी दुईले २५ अक्टुबर १९९१ मा कहिल्यै नछुट्ने कसम खाँदै विवाह गरे । अहिले यी जोडी ‘बी–टाउन’ उदाहरणीय मानिन्छन् । –एजेन्सीबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु