फिल्ममा ‘पुरुष वर्चश्व’

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७०, शुक्रबार

Madhuri-Dixit-Picturesमुम्बई, (एजेन्सी) । बलिउडकी ‘धकधक गर्ल’ माुधरी दीक्षितले फिल्म क्षेत्रमा पुरुषको वर्चश्व हुने गरेको बताएकी छन् । आफ्नो आगामी नारी प्रधान फिल्म ‘डेढ इश्किया’ को प्रचारमा व्यस्त रहेकी यी अभिनेत्रीले यस्तो धारणा सुनाएकी हुन् ।
माधुरी भन्छिन्, ‘यो दुनियाँमै पुरुषको प्रभुत्व छ ।’ उनका अनुसार महिला आत्मनिर्भर हुन सकेका छैनन् । ‘आत्मनिर्भर हुनै सकेका छैनन् भने महिलाले कसरी आफ्नो पहिचान बनाउन सक्छ ?’ माधुरी भन्छिन्, ‘फिल्मकै कुरा गर्ने हो भने महिलाहरु बिहेपछि कम विकल्प हुन जान्छन् ।’ माधुरीलाई लाग्छ, फिल्म उद्योगमा पनि पुरुषकै वर्चस्व छ । उनलाई संसार नै पुरुषप्रधान लाग्छ । हरेक क्षेत्रमा पुरुषले भन्दा महिलाले दुए गुणा बढी मिहिनेत गर्नुपर्ने अवस्था रहेको माधुरीले बताइन् । क
त्यसो त माधुरीले अहिले पनि बलिउडमा राम्रै स्थान पाइरहेकी छन् जबकी २ सन्तानकी आमा भएर पनि उनको सुन्दरतामा कुनै कमि आएको छैन । यसरी आफ्नो सुन्दरतामा कमि नआउनुमा अनुसासन हो भन्छिन् माधुरी । ‘हरेक कुरा जीजनशैलीमा भरपर्छ’ माधुरी भन्छिन्, ‘मलाई अहिले पनि आफूलाई बुढी लाग्दैन । मेरो अनुहार र शरीर अझै तरुनीकै जस्तो लाग्छ ।’ कुनै समयकी बलिउड स्टार माधुरीले हिजोआज पनि आफूलाई स्टार नै मान्छिन् । हुन पनि उनको स्टारडम घटेको छैन ।
पछिल्लो समय ‘डेढ इश्किया’ र ‘गुलाब ग्याङ्ग’ मा अभिनय गरेपछि त उनको चर्चा पनि चुलिएको छ । उनी भन्छिन्, ‘म कुनै सुपरस्टार होइन तैपनि स्टारजस्तै लाग्छ ।’ एक प्रशंगमा माधुरीले भनिन्, ‘अहिलेको समयमा फिल्मको कथा महत्वपूर्ण हुन्छ । कथाको मागअनुसार कलाकार चयन गरिन्छ । म पनि फिल्ममा कथालाई नै महत्व दिने गरेकी छु ।’ माुधरीको नजरमा जूही चावला पनि सुपरस्टार हुन् । उनले जुहीको अभिनयमा दम भएको सुनाउँदै भनिन्, ‘वास्तवमा म जुहीलाई सुपर स्टार मान्छु । उनी जस्ता अभिनेत्री बलिउडमा कमैमात्र छन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु