‘बढ्यो मनमा प्यार’ (भिडीयो)

म्यूजिक खबर
प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

काठमाडौं । गीतकार अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ सार्वजनिक भएको छ । जहाँ दीपक शर्माको संगीत तथा रमेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।

रोमान्टिक शैलीको गीतमा मोडल बिनोद न्यौपाने र शुसिला थापा फिचर्ड छन् । गीतको म्युजिक भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका छन् । काठमाडौँ आसपासमै खिचिएको गीतमा उत्तम हुमागाईको छायाँकन,बिकास दाहालको सम्पादन,दिपु पौडेलको मेकअप समाबेस रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु