बलिउडको सबैभन्दा महंगो गीत (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७१, शुक्रबार

मुम्बई । बलिउडका किङ खान शाहरूख खानले जे गरे पनि त्यो एक ब्रान्ड बन्छ । अब फेरि एकपटक यी किङ खानले बलिउडमा अर्को नयाँ रेकर्ड राख्दै छन् । शाहरूखले आफ्नो आगामी फिल्म ‘ह्याप्पी न्यु इयर’ का लागि बलिउडको इतिहासमै सबैभन्दा महँगोमा गीतको छायांकन गरेका छन् ।
शाहरूखको ‘ह्याप्पी न्यु इयर’ हिजोआज फराह खानको निर्देशनमा बनिरहेको छ । बलिउडमा चर्चा गरिएअनुसार यस फिल्मका लागि शाहरूखले एक गीतको छायांकन गरेका छन् जुन गीतको सुट गर्न निकै महँगो परेको छ । शाहरूख निकटवर्तीका अनुसार उक्त गीतका लागि ७ करोड खर्च भएको छ । फिल्म ‘ह्याप्पी न्यु इयर’ को उक्त गीतमा शाहरूख पनि सामेल छन् । फिल्मका निर्देशक फराह खानले भनिन्, ‘अहिले नै खर्चका विषयमा केही बताउन सक्दिनँ’ फराहले भनिन्, ‘तर, यतिसम्म भन्न सक्छु कि सम्भवत ः यो गीत बलिउडकै सबैभन्दा महँगो सावित हुनेछ ।’
स्मरणीय कुरा के भने यो फिल्मले रिलिजअगावै दुई सय करोड  कमाइसकेको बलिउडमा चर्चा छ । यो फिल्म आउँदो दीपावलीमा रिलिज गर्ने शाहरूखको लक्ष्य छ । फिल्ममा शाहरूख खानका अलावा अभिषेक बच्चन, दीपिका पादुकोण, सोनु सूद, विवन शाह र बोमन इरानीको पनि मुख्य अभिनय छ ।

[youtube]http://www.youtube.com/watch?v=B81mg4X-8vA[/youtube]

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु