बिजीको अध्यक्षतामा स्याङ्जाली श्रष्टा सदन

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७३, सोमबार

मङ्सिर २०, काठमाडौं । स्याङ्जा जिल्लामा जन्मिएर कलाकारितको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरु एकजुट भएका छन् । स्याङ्जाली कलाकारहरु एकजुट हुँदै गीतकार रमेश बिजीको अध्यक्षतामा १७ सदस्यी कार्यसमिति चयन गरेको छ । छरिएर रहेका कलाकारहरुलाई एकै छातामुनी समेट्दै ‘हामी नजुटे को जुट्ने, अहिले नजुटे कहिले जुट्ने’ भन्दै स्याङ्जालीहरु एकै ठाउँमा भेला भएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष, संगीत रोयल्टी संकलन समाजका उपाध्यक्ष जस्तो गरिमामय पदमा आफ्नो कार्यभार सम्हालिरहेका बिजीले अब स्याङ्जालीहरुको हकहितका लागि पनि नेतृत्व सम्हालेका छन् ।

syanjali
अध्यक्षमा रमेश बिजीलाई चयन गरिएपछि प्रथम उपाध्यक्ष रामजी खाँड, द्वितीय उपाध्यक्ष पशुपति शर्मा, महासचिवमा शिव हमाल चयन गरिएको छ । त्यस्तै सचिवमा घनश्याम रिजाल, कोषाध्यक्षमा शंकर विरही गुरुङ, सहकोषाध्यक्षमा भिमु गुरुङलाई चयन गरिएको छ ।

bhimu

त्यसैगरी सदस्यहरुमा कृष्ण आँसु, ओम गुरुङ, निर आलेमगर, सुजन लम्साल, प्रसाद लामिछाने, राममाया गुरुङ, विमल अधिकारी, गोपाल जिटी, शान्ता नेपाली, उमादेवी खनाललाई चयन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु