बिन्ध्यबासिनी म्युजिक अवार्ड सम्पन्न, लाइफटाइम अचिभमेन्ट अवार्ड जंगमलाई

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७३, आईतवार

काठमाडौँ, मङ्सिर २५  गीतको सम्मान , संगीतको सम्मान र श्रष्ठा सम्मान भन्ने मूल नारा सहित बिगत ६ बर्ष यता सम्पन्न हुँदै आएको बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ को सातौं संस्करण  सम्पन्न भएको छ । अवार्डमा वरिष्ठ संगीतकार दीपक जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । विन्ध्यवासिनी अवार्डको यो सातौं संस्करणको अवार्ड समारोहमा गीतसंगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याए वापत जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । जंगमलाई अवार्ड समारोहका बीचमा ५११५१ (एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) नगद राशि सहित सम्मान गरिएको छ । bb

त्यस्तै गीतसंगीतकै क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत गायक रामकृष्ण ढकाललाई संगीतरत्न सम्मान प्रदान गरिएको छ । ढकाललाई  १५५१५ (पन्ध्र हजार पाँच सय पन्ध्र रुपैया ) नगद राशि सहित विन्ध्यवासिनी संगीतरत्न सम्मान प्रदान गरिएको हो ।

त्यस्तै चर्चित पत्रकार सुमन खरेललाई यसवर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । उनलाई २५, ५२५ ( पच्चिस हजार पाँच सय पच्चिस ) रुपैयाँ राशि सहित सम्मान प्रदान गरिएको हो ।suman-kharelत्यसैगरी यस वर्ष अत्यधिक चर्चा र कमाइको हिसाबले पनि अगाडि रहेको चलचित्र छक्का पन्जाकी निर्देशक दीपाश्री निरौलालाई विन्ध्यवासिनी चलचित्र सम्मान प्रदान गरिएको छ । उनलाई १०,००१ ( दश हजार एक रुपैयाँ ) राशि सहित सम्मान गरिएको हो । तर छक्का पन्जा टिमका हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधनको कारण अन्त्यष्टिका लागि गएकी निर्देशन एवं नायिका उक्त सम्मान ग्रहण गर्न असमर्थ रहिन् ।

कार्यक्रममा सातौं विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७३ का लागि नोमिनेशनमा परेका विभिन्न ३१ विधाका गीतसंगीतका कला र कलाकारहरुका लागि अवार्ड प्रदान गरिएको छ । जस्को बिस्तृत बिवरण तल उल्लेख छ ।

१ सर्वउत्कृष्ट नव प्रतिभा पप तथा सुगम संगीत तर्फ , कमल सौराग
२ सर्वउत्कृष्ट लोक दोहोरी मोडल तर्फ , शंकर बि.सी र अन्जली अधिकारी
३ सर्वउत्कृष्ट पप गायन पुरुष तर्फ , बादल प्रसाईं
४ सर्वउत्कृष्ट नव प्रतिभा , नहकुल ढकाल
५ सर्वउत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियो तर्फ , सनम कठाएत र वर्षा राउत

६ सर्वउत्कृष्ट एरेन्जर , सुदिप सगर
७ सर्वउत्कृष्ट चलचित्र संगीत , अर्जुन पोख्रेल
८ सर्वउत्कृष्ट गीत , नदेखुं भन्छु , सुदिप रेग्मी
9 सर्वउत्कृष्ट गायक लोक दोहोरी तर्फ , हरि डाँगी
१० सर्वउत्कृष्ट प्ले ब्याक सिंगर फिमेल , मेलिना राई

११ सर्वउत्कृष्ट लोक दोहोरी गीत , कलेजी छिनायौ , एकनारायण भण्डारी
१२ सर्वउत्कृष्ट रचना सुगम संगीत तर्फ , राजकुमार बगर
१३ सर्वउत्कृष्ट गायन सुगम संगीत तर्फ महिला , अन्जु पन्त
१४ सर्वउत्कृष्ट एल्बम सुगम संगीत तर्फ , पदमा लिंखा मगर
१५ सर्वउत्कृष्ट गायन सुगम संगीत तर्फ पुरुष , प्रमोद खरेल

१६ सर्वउत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत टोपी लाए पनि हुन्छ , स्वर्गीय क्षेत्र प्रताब अधिकारी
१७ सर्वउत्कृष्ट लोक दोहोरी रचना , प्रह्लाद सुबेदी
१८ सर्वउत्कृष्ट सुगम संगीत , राजेश थापा
१९ सर्वउत्कृष्ट पप गायन महिला , आकंक्ष्या बस्याल
२० सर्वउत्कृष्ट युगल गायन , टिका प्रसाईं र राजेश पायल राई

२१ सर्वउत्कृष्ट लोक दोहोरी भाका , रामु खड्का
२२ सर्वउत्कृष्ट महिला गीतकार सुगम संगीत तर्फ , बबी गुरुङ निश्चल
२३ सर्वउत्कृष्ट सम्पादन म्युजिक भिडियो तर्फ , निशान घिमरे
२४ सर्वउत्कृष्ट म्युजिक कम्पनि , कामना म्युजिक प्रालि
२५ सर्वउत्कृष्ट संगीत पप तर्फ , जुगल डंगोल

२६ सर्वउत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम संगी तर्फ , सुरज श्रेष्ठ
२७ सर्वउत्कृष्ट लोक दोहोरी गायिका , मुना थापा
२८ सर्वउत्कृष्ट प्ले ब्याक सिंगर मेल पार्श्व गायन पुरुष तर्फ , सुगम पोख्रेल
२९ सर्वउत्कृष्ट ध्वनि मुद्रण , शाजन शाह
३० सर्वउत्कृष्ट छायाँकार क्यामरा पर्सन म्युजिक भिडियो तर्फ , हरि हुमागाईं

३१ सर्वउत्कृष्ट म्युजिक भिडियो निर्देशन लोक दोहोरी तर्फ , शिब बि.क

३२ पब्लिक चोइस अवार्ड- मिरा पोख्रेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु