बुबाको गीतमा तिम्ल्याहा डाक्टर छोराको अभिनय

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७३, आईतवार

triplets_doctorsकाठमाडौं । तिम्ल्याहा नेपाली डाक्टरले गिनिज बुक अफ वल्र्डमा नाम लेखाउने तयारी गरेका छन् । तिम्ल्याहा दाजुभाई एकैपल्ट डाक्टर बनेका हुन् । चितवन मूलघर भइ काठमाडौंमा बसोबास गर्ने सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले यो वर्षमात्रै एमबिबिएस परीक्षा पूरा गरेका हुन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २०४८ साल असोज ५ गते उनीहरुको जन्म भएको हो । जेठा सौगात जन्मेको ३ मिनेटपछि माइला सौजन र त्यसको ५ मिनेटपटि कान्छा सौरज जन्मेको उनीहरुकी आमा सकुन्तला देवकोटाले बताइन् । नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबिबिएस पूरा गरेका उनीहरुको सर्जन बन्ने लक्ष्य छ ।

तिम्ल्याहा त्यो पनि डाक्टर बनेर वल्र्ड रेकर्डमा नाम लेखिने संभावना भएपनि म्युजिक भिडियोमा अभिनय समेतको रेकर्डको थालनी शनिवारबाट गरिएको हो । उनीहरुका बुवा शिवप्रसाद देवकोटाले लेखेको, संगीत गरेको र स्वर भरेको म्युजिक भिडियोमा उनीहरुले तिनैजनाले अभिनय गरेका छन् ।
एकसथा तीन म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अन्य दुई गीतमा भने गंगाधर पराजुलीले स्वर भरेका छन् ।

तीनवटै गीत बिन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । तिम्ल्याहाका डाक्टर सौगात, सौजन र सौरज देवकोटाका धेरै रुची मिल्छन् । धेरै कुरामा समानता छ । उनीहरुले कुनैबेला केटी समेत एउटै मन परेको बताएका छन् । उनीहरुका रुचीका विषयमा स्वास्थ्यखबरले गरेको प्रश्नमा सौजनले भने, ‘कुनैबेला केटी समेत एउटै मन पथ्र्यो ।’ सँगै आमावुवा देखेपछि लजाउँदै उनले तीन भाईले यस विषयमा सहमति खोजेको बताए । अहिले भने उनीहरुले फरक केटी रोज्ने गरेको खुलाए ।

वुवाआमाको रोजाइमा पहिरन लगाउने उमेरसम्म एउटै खालको पहिरन लगाए । पछि उनीहरुलाई फरक देखिने चाहना हुन्थ्यो तर एउटै कलरको उस्तै पहिरन सबैलाई मन परेर हैरान हुन्थ्यो । कान्छा सौरजले भने, ‘सामूहिक पहिचानबाट आफ्नै पहिचान बनाउने भनेर फरक लुगा लगाउने सोचिन्थ्यो । तर, एउटै कलर र उस्तै डिजाइन मन पर्दा अप्ठ्यारो पथ्र्यो ।’ अचेल उनीहरु फरक रंगको पहिरन लगाएर मात्रै सँगै हिड्छन् ।पढाइमा अब्बल छँदैछन् । उनीहरु खेलकुद गायन र मोडलिङमा समेत रुची राख्छन् । तीन जनाकै स्वर दुरुस्तै छ । तर, गीत गाउँदा एकअर्काको आवाज सुनेर समेत आनन्द लिन्छन् । सौरभले भने, ‘साथीहरु अनुहार नदेखेसम्म कसले गीत गुनगुनाउँदैछ भन्नेसम्म पत्तो पाउदैनथे ।’ एउटालाई मन परेको गीत समेत तीनजनालाई मन पर्ने माइला सौजनले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु