भरतलाई पारिश्रमिकबाट बद्रीको दश हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७३, शनिबार

पौष ९, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष एवं चर्चित गायक बद्री पंगेनीले पाँचौं धादिङ महोत्सवको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बाग्मती अञ्चलका बरिष्ठ उपाध्यक्ष भरत बराकोटीलाई दश हजार सहयोग दिएका छन् । गायक पंगेनीले धादिङमा भएको महोत्सवबाट पाएको पारिश्रमिकबाट १० हजार सहयोग गरेका हुन् ।

bharat-barakoti
केही समय अघि सडक दुर्घटनामा परी खुट्टा गुमाउन पुगेका बराकोटीलाई कृतिम खुट्टा हाल्नका लागि सहयोग जुटाउने क्रममा गायक पंगेनीले व्यक्तिगत रुपमा आएको पारिश्रमिकबाट १० हजार रकम दिएर सहयोगको सुरुवात गरेका हुन् । पंगेनीले उनको कृतिम खुट्टा हाल्नका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गायक पंगेनीले सहयोग हस्तान्तरण गरेपछि म्यूजिक खबरसँग कुरा गर्दै भने यो त मैले सुरुवात मात्र गरेको हुँ, यसमा सबै संगीतकर्मीहरुको सहयोग रहनेछ भने प्रतिष्ठानले पनि भरतजीको लागि सक्दो सहयोग गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु