भावुक बनिन् करिना

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७०, बिहीबार

काठमाडौं । अभिनेता सैफ अली खानसँग बिहे गरेपछि सुखमय दाम्पत्य जीवन बिताइरहेकी अभिनेत्री करिना कपुर भावुक बनेकी छिन् । श्रीमान् सैफको कारण नभई आफ्नो आगामी फिल्म ‘सिंघम–२’का कारण उनी भावुक बनेकी हुन् ।
‘सिंघम’ले पुलिसहरूलाई भावुक बनाएको थियो । अगस्ट १५ मा रिलिज हुन लागेको यसको सिक्वेल ‘सिंघम–२’ त्यस्तै खालको फिल्म भएको करिनाले बताइन् । ‘यो फिल्म मेरा लागि पनि एउटा भावुक यात्रा बन्यो,’ अजय देवगनको जोडी भएर फिल्ममा देखा पर्ने करिनाले भनिन् । ‘सिंघम–२’लाई रोहित सेट्ठीले निर्देशन गरेका हुन् । अजय, रोहित र करिनाको जोडीले ‘गोलमाल’ र यसको सिक्वेल ‘गोलमाल रिटन्र्स’मा काम गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु