मझेरी ग्रुपको होटल संचालनमा

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७२, शुक्रबार

चर्चित कलाकारहरुको एक समूहले संचालन गरेको मझेरी ग्रुप प्रालिले भान्छा घर संचालन गरेको दुई महिनापछि होटल पनि संचालनमा ल्याएको छ । गोंगबु बसपार्क दूरसंचारको विपरित दिशामा उक्त ग्रुपले पाहुना महानुभावहरुको सेवा सुविधाका लागि होटल मझेरी प्रालि संचालनमा ल्याएको छ ।

narayan_purusottam
चर्चित गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी र होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेलले संयुक्त रुपमा रिवन काटेर होटलको शुभारम्भ गरेका थिए । दुई सयभन्दा बढी कलाकारहरुको उपस्थितिमा शुभारम्भ गरिएको उक्त होटल मझेरीको अध्यक्षमा कलाकार सुवास केसी छन् प्रबन्ध निर्देशकका रुपमा गीतकार रमेश बिजी रहेका छन् । त्यस्तै निर्देशकमा पुरुषोत्तम थापा रहेका छन् ।

ramesh bg
होटल मझेरी अन्य होटलहरुभन्दा फरक पहिचानको भएको अध्यक्ष सुवास केसीले बताए । रुफटप रेष्टुरेन्टसहित सबै अट्याच बाथरुमसहितका रुमहरु, फ्रि वाइफाइ रहेको यस होटलमा प्रत्येक कोठाको नाम ठूला नदी, ताल र फूलहरुको नामबाट राखिएको छ । मझेरी ग्रुपमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, महासचिव रमेश बिजी, गायक पशुपति शर्मा, गायक दीपक खड्का, कलाकार सुवास केसी, पुरुषोत्तम थापालगायतको समूह रहेको छ । यो ग्रुपले सामाखुशी टाउनप्लानिङमा मझेरी भान्छाघर संचालन गरिरहेको छ भने छिट्टै नै दोहोरी साँझ र ट्राभल पनि संचालनमा ल्याउने तयारीमा रहेको छ ।

narayan rayamajhi subas kc

म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु