मणिपुरे प्रियंका

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७०, शुक्रबार

सिलगुढी, (एजेन्सी) । ‘देसी गर्ल’ प्रियंका चोपडा दार्जिलिङ आउँदै छिन् । एक फिल्म सुटिङका लागि उनी दार्जिलिङ आउन लागेकी हुन् । सो फिल्ममा प्रियंकाले मणिपुरे युवतीको भूमिका गर्दै छिन् ।
यसअघि ‘मैरी कम’ को भूमिका गर्ने उद्घोषले चर्चामा आएकी प्रियंका यतिबेला मणिपुरे भूमिकाले चर्चामा ल्याएको छ । फिल्मको नाम त खुलाइएको छैन तर सो फिल्ममा प्रियंका ‘देसी गर्ल’ कै भूमिकामा देखिनेछिन् र फिल्मको सबै सुटिङ पश्चिम बंगाल र त्यस आसपासका पहाडी क्षेत्रमै सकिनेछ । समाचारमा जनाइए अनुसार फिल्म सुटिङलाई दार्जिलिङमा एक विशेष सेट तयारी भइसकेको छ ।
फिल्मका निर्माता उमंग कुमारले एक सातासम्म सुटिङ मणिपुरमा हुनेछ, त्यसपछि पूरै टिम दार्जिलिङ स्थानान्तर हुनेछ । उनले भने, ‘मैले सोचेको थिएँ, मणिपुरजस्तो माहोल बनाउन सकिँदैन तर दार्जिलिङ पनि राम्रै लाग्यो ।’ उनका अनुसार यसअघि मनालीमा केही दिन सुटिङ भइसकेको छ । फिल्मको पूरै सुटिङ अब फेब्रुअरी र मार्चमा हुनेछ । उनले भने, ‘यो समयमा दार्जिलिङमा साह्रै चिसो भएकाले सुटिङ गर्ने सम्भव देखिन । अहिले अर्को सुटिङका लागि दार्जिलिङ आसपासकै गाउँको खोजी भइरहेको छ ।’ अहिलेसम्म सोचेजस्तो लोकेसन पाउन नसकेकिएकाले सुटिङ हुुन नसकेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु