मणिशेखर र खेमराजको मणि

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७२, आईतवार

काठमाडौं । चर्चित गायक खेमराज गुरुङको एकल संगीतमा नव गायक मणिशेखर गुरुङको पहिलो एल्बम ‘मणि’ विमोचित गरिएको छ ।
राजधानीको प्रज्ञा–प्रतिष्ठान कमलादीमा संगीतकार संघ नेपालको आयोजना गरिएको एल्बमको विमोचन वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङले गरेका थिए ।

संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संगीतकार सुरेश अधिकारीले एल्बमको समिक्षा गरेका थिए । अधिकारीले समीक्षा गर्दै एल्बममा छुट्टै सुगन्ध भएको हुँदा मौलिकपनको पनि मिठास सुन्न सकिने बताएका थिए । विमोचन कार्यक्रममा गायक आनन्द कार्की, गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्र मणी दाहाल, डाइरेक्टर प्रशन्न पौडेल, संगीतकारहरु शान्तिराम राई, महेश खड्का, पारस मुकारुङ, मोडल किरण लाकौल लगायत उपस्थित रहेका थिए ।
उक्त एल्बममा ५ गीत समावेश गरिएको छ । ‘बासको लिङे पिङ, घामै छायाले, साकेलामा भेटौला, धरानै बजारैमा र जिन्दगी रहेछ’ बोलको गीत एल्बममा समावेश गरिएको छ । एल्बममा शब्द चन्द्र रानोहछा, रानी लिम्बु, कुमार बिबाहित र खेमराज गुरुङको रहेको छ । एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । एल्बम विमोचन समारोहमा एल्बमको बाँसको लिंगे पिङ गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

prakash gurung yogendramani_ Suresh adhikari kamalikanta naresh bhattarai

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु