“मनको जलन” लिएर आउँदै स्टारहाङ

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७३, सोमबार

गीतकार स्टारहाङ बान्तवा ’जलन’ आफ्नै एकल शब्दमा तयार भएको पहिलो सांगीतिक कोसेली स्वरुप ‘मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् । एल्बममा समाबेश गरिने सबै गीतहरुको रेकर्डिङ कार्य सम्पन्न भैसकेको गीतकार वान्तवाले म्यूजिकखबरलाई जानकारी दिए ।

उक्त एल्बमा ५ वटा गीतहरु समाबेश गरिएका छन् । ५ वटै गीतमा राजा खड्काले संगीत भरेका छन् भने नेपालकै बहुचर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना राई र सुमिना लोले आवाज दिएका छन् ।

starhang-bantawa
५ वटै गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकारले बताएका छन् । पहिलो म्युजिक भिडियो गायक प्रमोद खरेलको स्वरमा रहेको ‘मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति’ बोल रहेको गीतको म्युजिक भिडियो तयार भईसकेको उनले बताए । उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले क्यामेरा चलाएका छन् । भिडियो चोभारको रमणीय स्थलहरुमा छायाङ्कन गरिएको छ । भिडियोमा मन्जिता केसी र बाबु मगरले अभिनय गरेका छन् भने बाल कलाकारको भूमिकामा रियाज भण्डारी रहेका छन् ।

अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको ‘मृगनयनी आँखा उनको हरिणको चाल’ र मेलिना राईको स्वरमा रहेको ‘सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी’ बोलको गीतको पनि म्युजिक भिडियोको चाँडै तयार हुने उनले बताए । यो दुबै गीतको म्युजिक भिडियो देश बाहिर छायाङ्कन हुने गीतकारले बताए । बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको ‘भोजपुरको सुन्तला मिठो ईलामको चिया’ र राज खड्का र सुमिना लो को स्वरमा रहेको ’नक्कलीले कर्के नजर हानेर पो मा¥यो’ बोल रहेको गीतको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए ।

वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका गीतकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्ने सोच बनाएका छन् । उनले विदेशमा रहँदाको अवस्थामा स्वदेश कल्पनालाई यथार्थमा गीतमार्फत उतारेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु