• मनोज गजुरेलको २१ वर्षे वैवाहिक सम्बन्धमा पूर्णबिराम ।

    म्यूजिक खबर
    प्रकाशित: ४ माघ २०७४, बिहीबार

    माघ ४, काठमाडौं । पछिल्लो समयमा कलाकारिता क्षेत्रमा डिभोर्सको चाप बढ्दो छ । अरुलाई हँसाउने कलाकार मनोज गजुरेल आफ्नो नीजि जिवनमा भने खुसी हुन सकेनन् । मनोजले पत्नी मिना गजुरेलसँगको २१ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका छन् ।

    पारिवारीक श्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाह पछि उनीहरु ब्यबहारिक, कानुनी र आर्थिक रुपमा अलग अलग भएका हुन् । केहि हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए ।

    कानुनी रुपमा यहि पौष ११ गते अलग भए पछि मनोज गजुरेल छोरासँग बालकोटस्थित घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।


    मनोजसँग सम्बन्ध बिच्छेद गरे लगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छन् । उता मनोज पनि सम्बन्ध बिच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केहि समय हसाउनका लागि ओमान र बहराइन जादै छन् ।

    दुबैले यो निर्णयलाई सम्बन्धको ह्पाप्पी इण्डीङका रुपमा लिएको प्रतिकृया दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु