मन्जुलाई भने निष्ठुरी भनु भने ….

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७३, आईतवार

लामो समयदेखी प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्दै आएका राजकुमार श्रेष्ठले यतिखेर निष्ठुरी भनुँ भने बोलको गीत बजारमा ल्याएका छन् । सांगीतिक क्षेत्रमा थोरै भए पनि राम्रो काम गर्ने अठोटका साथ अघि बढेका श्रेष्ठले एक दर्जन गीतहरुमा आफ्नो संगीत दिईसकेका छन् । नेपाली सांगीतिक क्षेत्रमा एउटा ईतिहास रच्ने क्रममा आफ्नै शब्द, संगीतमा रहेको निष्ठुरी भनुँ भने बोलको गीत यतिबेला युट्युब लगायत रेडियो, टिभीतिर पनि राम्रो स्थान ओगट्न सफल भएको छ ।

nisthuri
निष्ठुरी भनु भने सम्झना पलाउँछ भिडियोमा प्रेम कथाको बियोगान्त कथावस्तुमा देखाइएको छ । आफ्नो प्रेमिकाकालाई निष्ठुरी भने पनि बैगुनी भने पनि जेजे भने पनि सम्झना आउनु माया लाग्नु स्वाभाविक नै हो । जति माया गरे पनि आफ्नी प्रेमिका निष्ठुरी बन्छिन् भन्ने कथालाई भिडियोमार्फत् देखाइएको छ । पछिल्लो समयका कुशल संगीतकार हरिलम्सालको आवाज रहेको भिडियोमा सुरेश पोखेरल र मन्जुको अभिनयलाई देख्न सकिनेछ । यसैगरि गीतमा राजकुमार श्रेष्ठको आफ्नै शब्द र संगीत रहेको छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु