मन बदलिएका र भुल्न नसकेका जोडी

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७३, शुक्रबार

सविता पोखरेल/काठमाडौं । एउटा असल जोडीले सार्वजनिक कार्यक्रममा नै ‘तिम्रो मन बदलिएछ’ एकले भनिरहँदा अर्कोले भने ‘तिम्लाई भुल्न मैले पनि नचाहेको कहाँ हो र’ भनेपछि कार्यक्रमको माहौल कस्तो बन्यो होला ? सबैले असल जोडीका रुपमा सांगीतिक क्षेत्रमा पाइरहँदा एकअर्काबीचमा भएको यस्तो भावनातर्फ सबैको ध्यानाकषर्ण भइ नै हाल्छ ।

गायक कन्हैया सिंह परियार र अन्जना गुरुङको जोडीलाई सांगीतिक क्षेत्रमा एउटा असल, सबल र सक्षम जोडीका रुपमा लिइन्छ । कहिले नेपाल त कहिले अमेरिका, कहिले युकेतिर पनि देखिइरहने यो जोडी यतिखेर भने नेपालमा एक कार्यक्रमबीच भेटिँदा दर्शकदीर्घामा रहेका जति खुशी थिए त्योभन्दा पनि उनीहरुको बीचमा भएको दुई गीतले अझै माहौल तताएको थियो ।

shantipriya

गायक कन्हैया सिंहको आलाप–३ मा समावेश भएको ‘धेरै माया गर्छु भन्थ्यौ तिमीबिना मर्छु भन्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो हेर्दै गर्दा ‘आजभोली तिम्रो मन किन बदलियो ?’ भन्ने शब्दले आफैंमा प्रश्न गरिरहेको थियो भने गायिका अन्जना गुरुङको मिठास एल्बममा समावेश भएको गीत ‘तिम्लाई भुल्न मैले पनि नचाहेको कहाँ हो र ?’ ले पनि सबैका सामु मनको बह पोखेजस्तो महसुस बनायो । तर त्यो त गीत थियो गीतले भनेका कुरा सबैका जिन्दगीमा भने लागू हुन्छ भन्ने छैन ।

म्यूजिक खबर डटकमको आयोजनामा अनामनगरस्थित विनायो क्याफेमा भएको यी दुई गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको विशेष आतिथ्यतामा भएको कार्यक्रममा गीतसंगीत क्षेत्र एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

rabindra-khadka

धेरै माया गर्छु भन्थ्यौ बोलको गीतलाई पत्रकार सुमन बैरागीले लेखेका हुन् भने संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका हुन् । लोकप्रिय गायक कन्हैया सिंहको स्वरमा रहेको यस गीतको संगीत संयोजन भने झलक संगीतम्ले गरेका हुन् । मनोज गुरुङले म्यूजिक भिडियोको निर्देशन गरेका छन् भने प्रभु गुरुङ, कल्पना लिम्बू र सुबास गुरुङको अभिनय रहेको छ । त्यस्तै लोकप्रिय गायिका अन्जना गुरुङको स्वरमा रहेको तिम्लाई भुल्न मैले पनि… बोलको गीत भने राजकुमार बगरको शब्द संगीतमा तयार भएको गीत हो । आशिष अबिरलको संगीत संयोजन रहेको यस गीतमा लोकप्रिय गायिका अन्जना गुरुङले स्वर दिएकी छन् । यसको म्यूजिक भिडियोलाई भने गायक कन्हैया सिंहले नै निर्देशन र छायाँकन गरेका छन् भने गायिका अन्जना र प्रदीप सिंहको अभिनय रहेको छ । मोडलिङ गरेकी छन् । दुईवटै म्यूजिक भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका हुन् । दुईवटै म्यूजिक भिडियोलाई टीकागोपाल डिजिटल एम. क्रियशनले प्रकाशनमा ल्याएको हो ।

gita-pariyar

दुई म्यूजिक भिडियो सार्वजनिकपछि बोल्दै संगीतकार सन्तोष श्रेष्ठले भने – कन्हैया र अन्जनाको जोडी संगीत क्षेत्रमा क्रियाशील र निरन्तर लागिरहेको जोडीका रुपमा आफूले लिएका बताएका थिए । उनले अमेरिका जानेहरु समुन्द्रको तटमा बसेर सेल्फी हान्दै पोष्ट गर्छन् तर गायक कन्हैया र अन्जनाको जोडी भने सधैं कार्यक्रममा गीत गाइरहेको, रेकर्डिङ गरिरहेको जस्ता संगीतकर्ममा नै लागिरहेको फोटो अपलोड गर्दा उहाँहरु सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेको जोडी हो भन्ने स्पष्ट हुन्छ ।’

anjana-gurung

त्यस्तै कार्यक्रमका विशेष अतिथि शान्तिप्रियले सार्वजनिक भएका दुई म्यूजिक भिडियोप्रति टिप्पणी गर्दै शुभकामना दिएका थिए । सांगीतिक जोडीका रुपमा कन्हैया र अन्जना जसरी निरन्तर लाग्नुभएको छ उहाँहरु पक्कै पनि सदाबहार बन्न सक्नुहुनेछ भन्ने शुभकामना दिँदै शान्तिप्रियले सार्वजनिक भएको गीत राम्रो बनेको बताएका थिए ।

santosh-shrestha

त्यस्तै गायक कन्हैया सिंहले कार्यक्रमलाई स्वागत गर्दै आफ्नो बजारमा आउन लागेको आलाप–३ को गीतहरु तयारी भइरहेको र एउटा गीतलाई अमेरिकामा नै रेकर्ड गरेर युकेमा छायाँकन गरेर नेपालमा सार्वजनिक गर्ने मौका मिलेकोमा खुशी व्यक्त गरेका थिए । उनले निरन्तरता, क्रियाशीलता र सक्रियताबिना कुनै पनि काम पूरा नहुने बताएका थिए । त्यस्तै गायिका अन्जना गुरुङले तिम्ले भुल्न मैले पनि गाएर सुनाउँदै हाम्रो मेहनतलाई पक्कै पनि सबैले मन पराइदिनुहुनेछ भन्ने आशा लिएको बताएकी थिइन् । सोही कार्यक्रममा म्यूजिक भिडियो सम्पादक रविन्द्र खड्का र टीकागोपाल डिजिटल एम. क्रियशनकी व्यवस्थापक गीता परियारलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सञ्चारकर्मी राधिका अधिकारीले गरेकी थिइन् ।

suman-bairagi

 

anjana kanhaiya

तस्वीरः सविता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु