मलाई निर्देशकले सेक्स प्रस्ताव गरे

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७०, शनिबार

भारत । कामसूत्र-3D फिल्मबाट चर्चा कमाएकी र बेला बेला विवादास्पद अभिव्यक्ति दिएर समाचारमा आउने बलिउड कि हट नायिका शर्लिन चोपडा यस पटक पनि त्यस्तै अभिव्यक्तिले चर्चामा आएकी छन् । उनले कामसूत्र–3D का निर्देशक रुपेश पलमाथि गम्भीर आरोप लगाएकी छन् ।

शर्लिनले फिल्म कामसूत्र-3D बाट निर्देशक पलले उनलाई गलत तरिकाले निकालेको बताएकी छन् भने रुपेश पलले उनीसँग सेक्सको प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको बताएकी छन् । शर्लिन चोपडाले फिल्म निर्देशक रुपेश पलको बिरुद्ध उजुरी दर्ता गरेकी छन् ।

उनले यस बारेमा मुम्बई प्रहरीका एडिसनल कमिश्नरलाई पत्र लेखी शान्ताक्रुज पुलिश चौकीमा रुपेश पलको बिरुद्धमा धोका दिएको मुद्धा दर्ता गरेकी छन् । शर्लिनले रुपेशलाई कारवाही गर्न प्रहरीसँग आग्रह गरेकी छन् । शर्लिनले आफ्नो पत्रमा पलले गरेको सेक्स प्रस्तावको इन्कार गरेपछि उनको स्थानमा अर्कै युवतीलाई लिएर आफ्नो नांगो फुटेजलाई अन्तराष्ट्रियरुपमा फैलाउने धम्की दिएको लेखिकी छन् । त्यसको साथै शर्लिनले रुपेश पलले अश्लिल मेल आफूलाई पठाएको पनि बताएकी छन् । स्मरणीय छ कि केही समय पहिले शर्लिनले फिल्म कामसूत्र -3D छोडिदिएकी थिईन् । अहिले यो फिल्मको सुटिङ सकिएको छ र फिल्म कामसूत्र-3D  चाँडै नै रिलिज हुन लागेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु