मलेसियामा कलाकारको धमाका

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७२, शुक्रबार

मलेसिया । मलेसियामा नेपाली कलाकारहरुले सांगीतिक धमाका मच्चाएका छन् । भूकम्प पीडितको सहयोगार्थ आयोजना गरिएको ‘फ्रेण्डशीप धमाका’ नेपालबाट करिश्मा मानन्धर लगायतका कलाकारहरु मलेसियामा धूम मच्चाइरहेका छन् । गत वैशाख–१२ र २९ गतेको महाभूकम्पबाट पीडितको सहयोगार्थ मलेसियामा बिहीबारबाट मलेसियामा फ्रेण्डशीप धमाका–२०१५ सुरु गरिएको हो।

shivahari

खोटाङ सेवा समाज मलेसियाको आयोजनामा सुरु गरिएको सांगीतिक धमाका आगामी सोमबारसम्म चल्नेछ । विहीबार केलाङमा उद्घाटन गरिएको सांगीतिक धमाका सोमबार देवानहुल, इपो, सितिवानमा समापन गरिने आयोजक खोटाङ सेवा समाज मलेसियाले जनाएको छ। सांगीतिक कार्यक्रम दैनिक केलाङ, जोहोरबारु, पेना बिएम, देवानहुल, बातुपाहात, सितीवानलगायतका फरक–फरक शहरहरुमा सञ्चालन भइरहेको छ।

dhamaka

धमाकामा नेपालबाट नायीका करिष्मा मानन्धर, हाँस्याकलाकार शिवहरि पौडेल (मुखामा हान्नुजस्तो), किरण केसी (राता मकै), गायक कमल खत्री, लोकदोहोरी गायीका ज्योती मगर, गायक सचिन राई, अभिषेक तामाङ, मोडल रश्मि तामाङ, बिक्की पुलामीलगायत कलाकार तथा मोडल मलेसिया पुगेका छन्। सांगीतिक धमाकाबाट संकलन भएको रकम जिल्लाकै भूकम्प पीडितकालागि प्रदान गरिने आयोजकले जनाएको छ।

dhamaka1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु