महावीरको आविस्कार केन्द्रलाई राजेशपायलद्धारा ५० हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौ । नेपाली सुगम संगीतक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले सामाजिक अभियन्ता डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाई ५० हजार सहयोग हस्तान्तरण गरेका छन् ।

गत मंगलबार गायक राजेशपायलले आफ्नो नया“ अफिस नक्शालमा डा. महावीर पुनको हातमा रकम हस्तान्तरण गरेका हुन् । विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसारभर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा सक्रिय छन् ।

img_3372
रकम हस्तान्तरणपछि बोल्दै डा. महावीर पुनले भने–‘गायक राजेश पायल भाईले राष्ट्रिय आविश्कार केन्द्रका लागी महा दान दिनुभयो । अब कलाकारहरु राखेर राष्ट्रिय आविश्कार केन्द्रका लागी केही कार्यक्रमहरु गर्नेपनि सोच रहेको छ ।’

rajesh
त्यस्तै गायक राजेश पायलल राईले रकम हस्तान्तरण गरेपछी बोल्दै भने–‘खास सरकारले गर्नुपर्ने काम उहा“ (डा. महावीर पुन)ले एक्लै गरिरहनु भएको छ । उहा“को कामलाई देखेर मेरो मन थामिरहन सकेन । मेरो तर्फबाट सहयोग गरेको छु, यस्तै हजारौ हातहरु आवस् । दाई (डा. महावीर पुन)को यो सपनालाई, यो लक्ष्यलाई परा गर्न हामिहरु कन्र्सटले हास्, गीतसंगीतले होस्, या त अन्य जनमानसमा हामिले गर्नुपर्ने सहयोगहरु आउने प्रतिवद्धता गर्दछु, गायक राजेश पायलले प्रतिवद्धता जनाए ।’

रकम हस्तान्तरणपछि निकै बेर गायक राजेश पायल राई र डा. महावीर पुन निकैबेर गफिए । गफगाफमा राष्ट्रिय आविष्कार केन्दको लक्ष्यको बारेमा गायक राजेश पायललाई बताए । साथै धेरै सरकार फेरिएपनि राष्ट्रिय आविष्कार केन्दको लागी कसैले केही नगरेको बताए । सरकारी ढोकाहरु धेरैचोटी ढकढकाउन पुगेको समेत डा. महावीर पुनले कुराकानीमा बताए । सँथै यस अभिनयानको लागी नेपाली जनताहरुबाट सहयोगको आसा राखेको पुनले बताए ।
तस्बिर तथा भिडियोः विशाल राई

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु