मालतीले भनिन्ः शिवजी बजाइदेउ डमरु

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७३, आईतवार

काठमाडौं । मालती खरेललाई यतिबेला तिजको रौनक छाएको छ । ब्रत बसी सुन्दर वर मागिछु वरिलै सपनीमा तिमीलाई नै देख्न लागिछु… भन्दै वर खोज्न थालेकी छन् । एउटी राम्री चेली, मिठो स्वरकी धनी गायिका मालती खरेलले तिजको अवसर पारेर रातो सारीमा सजिदै शिवजी पुकार्न थालेकी छन् । उसो त मालतीको स्वरसँगै गायक दीपसागर थापा पनि तिम्रो साथको खाँचो छ भन्न पछि परेका छैनन् । शिवजी बजाइदेउ डमरु डम्म डम्म भन्दै तिजमा छम्म छम्म नाच्ने कुरा गरिरहेका छन् ।

dipsagar thapa

दिपसागर थापाको लयमा राजेन्द्र सुवेदीको शब्द रहेको शिवजी बजाइदेउ डमरु बोलको गीतमा मालती खरेल र दिपसागर थापाको स्वर रहेको छ । नेशनल म्यूजिक प्रालिले बजारमा ल्याएको यस गीतमा विजय थापा र मालती खरेलले नै अभिनय गरेका छन् । विजय थापाको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोको छायाँकन करण चैंसिरले गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । साई भिजन प्रालिले दृश्य निर्माण गरेको यो म्यूजिक भिडियो यतिबेला यूट्यूब, रेडियो, टेलिभिजनमा राम्रो स्थान पाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु