मिष्टर नेपालका लागी २१ छनौट

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७२, शुक्रबार

काठमाडौ । एक्सपोज नेपालको आयोजना रहेको पुरुषहरुको एकमात्र सौदर्य प्रतियोगीता ‘मिष्टर नेपाल२०१६’ का लागी २१ युवा छानिएका छन् । राजधानी र मोफसलका सहरमा आयोजित बिभिन्न चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागी छानिएका हुन् । छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शिर्ष उपाधिका लागी भिड्ने छन् ।
मिष्टर नेपालको यो १४ औं संस्करण हो । यो संस्करणमा बिजेता छानिएका एक युवाले ‘मिस्टर वल्ड २०१६’मा नेपालको प्रतिनिधित्व गर्न पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए । युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनित्व गर्न सक्ने जिम्बेवार नागरिक बनाउने उदेश्य प्रतियोगीताको रहेको छ । १६ देखी ३५ ननाघेका युवाहरुको प्रतियोगीतामा सहभागिता रहनेछ ।

DSC_0006
अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागी रक क्लाइमिङ ,स्वमिङ, फुटबल ,सर्ट हाइकिङग ,समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व बिकाशलगायतका बिधाका बिषेश प्रशिक्षण दिइनेछ ।
प्रतियोगीतामा शिर्ष सिहत बिभिन्न बिधामा बिजेता चुनिनेछन् । सन् २००१बाट सुरु भएको ‘मिष्टर नेपाल’मा रोपहत थेवे, जिवन लुइटेल ,गौतम सुवेदी , उज्वल घिमिरे , सुरेश घिमिरे ,डा. आयुष्मान घिमिरे, सुरेश गैले , सुरज चिल्वाल ,सन्दिप पोखरेललगायत बिजेता छानिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु