मेलिनाको एउटा उत्कृष्ट गीत ‘मैले मन पराको मान्छे’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७३, शुक्रबार

melina rai1

माघ १४, काठमाण्डौ । पछील्लो समयको चर्चित गायिका हुन मेलिना राई । २०७१ सालमा पहिलो एल्बम ‘बहार’ ल्याएकी मेलिनालाई दैनिक रेकर्डिङले गर्दा भ्याइनभ्याइ हुन्छ । सुन्दररुप तथा मिठो स्वरको धनी गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘मैले मन पराको मान्छे’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सर्बोत्कृष्ट संगीतकारको बिधामा बिभिन्न म्युजिक एवार्डमा मनोनित युवा संगीतकार डी.आर.अटुको संगीत रहेको गीतमा आगमन गुरुङ को शब्द, धनु ग्यांमीको एरेञ्ज रहेको छ ।

भिडियोमा मोडेल बिनोद न्यौपाने तथा सरला थापाले फिचरिङ्ग गरेका छन । भक्तपुरको बागमती क्लबमा छायांकन गरिएको यस भिडियोमा रिजो सिंह ठकुरीको मेकअप अमृत सुनुवारको छायाँकन रहेको छ भने सम्पादन माधव बेल्बासेको रहेको छ । यस भिडियोलाई आर्टिस्टनेपाल डटकमका प्रधान सम्पादक संचारकर्र्मी नव ढुङेलले निर्देशन गरेका हुन । ढुंगेल संचारकर्मीका अलवा भिडियो तथा बिज्ञापन निर्देशनमा समेत स्थापित छन् । भिडियो आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

यस गीत दक्षिण कोरियाको बाबुल गम रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको थियो । सयौं गीतहरुमा संगीत भरेर नेपालका चर्चित गायक गायिकाहरु संग काम गरिसकेका अटु लोक, पप मेलोडीमा रहेको यो गीत नाचेर स्टेज तताउने गीत मध्ये मेलिनाको अहिले सम्म कै उत्कृट हुन सक्नेमा आशाबादी रहेको बताउँछन ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु