मोडल हन्टमा युवायुवतीको लस्कर

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७२, सोमबार

पेसालाई ब्यवसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उदेश्यले नेक्स्ट मोडल्स नेपालको आयोजना हुन लागेको सौन्दर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’को प्रशिक्षण सुरु भएको छ । पहिलो चरणको स्पर्धाबाट छानिएका ३३ युवती र ३८ युवाले अहिले अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् ।

model hunt (4)
प्रशिक्षण तिन कुने स्थित ग्रिन क्याफेमा चलिरहेको छ । अन्तराष्ट्रिय रनवे ,ब्यक्तित्व बिकाश, आर.जे, भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चारकला, स्टेज पफमेन्सलगायत बिषयमा ज्ञान प्रतियोगीले लिइरहेका छन् ।
‘आफुमा भएको प्रतिभा निखार्दै अगाडी आउन प्रशिक्षण महत्वपुर्ण रहेको छ’ सहभागी मध्यका एक क्रिस राइले भने ‘उपाधित पछिको कुरा हो पहिले त यसले आफ्नै प्रतिभाको बिकाश गर्छ ।’ त्यस्तै प्रशिक्षणले आफुलाई कोराबाट अन्ताराष्ट्रिय स्तरमा प्रतिनित्व गर्न सक्ने बनाएको सहभागी युवती मध्यकी एक शिवानी मल्ले बताइन् । बिगत एक सातादेखि चलेको प्रशिक्षणको क्रम कार्यक्रमको अघिल्लो दिनसम्म अर्थात आगामी २२ गतेसम्म चल्नेछ ।

model hunt (3)
मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उदेश्यले नेक्स्ट मोडलस् नेपालले नेपालमै पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित र सफल यो प्रतियोगीता नेपालमा पनि सफल हुने आयोजकको बिश्वास छ ।
नेपाली मुलका युवायुवतीहरुको प्रतिभा पहिचान गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता सुरुवात गरिएको नेक्स्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको बिश्वास छ । प्रतियोगीतामा जर्मनी फेसन डिजाइनर मारिया स्टेलाले युवती र नेपाली फेसन डिजाइनर सन्तोषी श्रेष्ठले केटाको पहिरन डिजाइन डिजाइन गर्नेछन् ।

model hunt (2)
शिर्ष सहित आधा दर्जन उप–विधामा प्रतियोगीतामा पुरस्कृत गरिनेछ । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा नगद १ लाख रुपैया, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर जित्न सक्नेछन् । प्रतियोगीताको कोरियोग्राफी रोजिन शाक्यको रहेको छ ।

model hunt (7) model hunt (6) model hunt (5)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु