एउटा समय थियो, जुनबेला डिजिटल ब्यापार भनेको रिङ ब्याक टोन (आरविटी) मात्र हो भन्ने आम बुझाई थियो । मुख्य श्रोत कम्पनीहरुले डिजिटल ब्यापारलाई मात्र बुझेका थिए । त
र उनीहरुले आम कलाकारलाई त्यसको बारेमा बुझाउन आवश्यक ठानेन् र बुझाएनन् पनि । बुझाएको खण्डमा आम कलाकारले पनि त्यस्तै प्लेटफर्ममा उपस्थिति जनाउन सक्ने अवस्थालाई मध्येनजर राखेर पनि श्रोत कम्पनीहरुले कलाकारबाट भर्चुअल ब्यापार र त्यसको सम्भाब्यताको बारेमा कुरा लुकाए । त्यसको एउटै उद्देश्य भनेको कलाकारको बौद्धिक सम्पत्ती हात पार्नु र कब्जा गर्नु मात्र थियो ।
क्यासेट बेच्ने र टिभीमा प्रोमो बजाउन दिने र त्यसैलाई बजार ब्यवस्थापन गरेको भन्ठान्ने म्युजीक कम्पनीहरुले समयमा आफुलाई डिजिटल बजारमा उपस्थित गराउन सकेनन् । फलस्वरुप त्यसको परिणाम अहिले संगीत बजारले भोग्दै आएको छ ।
यो विषयमा चर्चा गर्दा विवादको अग्रस्थानमा म्युजिक नेपाल देखिन्छ । धेरै जना कलाकारको दाबी छ की म्युजिक नेपालले कन्टेन्ट दाबी ग¥यो र मेरो गीत मेरै युट्युव च्यानलमा हाल्न दिएन अथवा सिआरविटीको लागि मात्र भनेर दिएको तर गीतको म्युजिक नेपालले युट्युव कन्टेन्ट पनि खाईदियो इत्यादी.. ! यो विषयमा कुरा बुझ्दा के थाह हुन आयो भने म्युजिक नेपालले आंशिक बजार ब्यवस्थापनको सम्झौता गर्दैन, आरविटीको सहमती गर्दा नै कागजमा सम्पूर्ण डिजिटल अधिकार म्युजिक नेपालमा निहीत रहनेछ भनेर बजार ब्यवस्थापन गर्ने कम्पनी संग संझौता गरेको हुन्छ । तर त्यो कुरा कलाकारहरुले थाह पाउदैनन, कम्पनिको नियम, म्युजिक नेपालसँग भएका सम्झौताहरु बजार ब्यवस्थापन गर्ने कम्पनीले कलाकारलाई जानकारी दिँदैन किनकी नेपालमा अधीकांश कम्पनीहरु आंशिक बजार ब्यवस्थापन गर्नेहरु छन् र तिनीहरुले कलाकारसँग आफ्नै किसिमको सम्झौता गरेका हुन्छन् र म्युजिक नेपालसँग छुट्टै सम्झौता गरेका हुन्छन् । वास्तवमा कलाकारको बौद्धिक सम्पत्ती म्युजिक नेपालसम्म पु¥याईदिने कम्पनी पारदर्शी हुदैनन् ।
क्यासेट बेच्ने र टिभीमा प्रोमो बजाउन दिने र त्यसैलाई बजार ब्यवस्थापन गरेको भन्ठान्ने म्युजिक कम्पनीहरुले समयमा आफुलाई डिजिटल बजारमा उपस्थित गराउन सकेनन् । आरविटी दर्ताको अधिकार पाएका म्युजिक नेपाल र हाईलाईट्स नेपालले त्यसको भरपुर फाईदा उठाए, त्यो समयसम्म सिआरविटी बाहेक अन्य माध्यमबाट पनि गीतको विक्री हुन्छ भन्ने कुरा कलाकारलाई थाहै थिएन भने साना कम्पनीहरुले पनि धेरै पछाडी मात्र थाहा पाएका हुन् । कलाकारहरुले अहिले पनि अधिकांश हल्लाहरु नै पत्याईरहेका छन् भने साना म्युजिक कम्पनीहरु जले सुरुमा भर्चुअल दुनियामा आफ्नो स्टल राख्न सकेनन तिनीहरुले समेत अहिले भटाभट आफ्नै प्लेटफर्म बनाएर गीतहरु अपलोड गरिरहेछन् । कतै कतै चल्तीका कलाकारहरु पनि यो विषयमा चनाखो बनेर लागिरहेको देखिइरहेको छ । अब विस्तारै आफ्नै म्युजिक कम्पनी हुनेहरु र श्रोत कम्पनीलाई सिआरविटीको लागि गीत दिँदा भिडियो राईट बचाउन सक्नेहरु अथवा सिआरविटीको लोभ नगर्नेहरुले आफ्नो भिडियो आफ्नै प्लेटफर्ममा अपलोड गर्न सुरु गरिसकेका छन् ।
खासगरी हाईलाईट्स नेपालले आरविटी अधिकार मात्रको सम्झौता पनि गर्ने गर्दछ त्यसैले अधिकांश साना कम्पनीहरु जसले हाईलाईटस प्लेटफर्मबाट आफ्नो गीतको आरविटी दर्ता गरेका छन् उनीहरुको आफ्नै युट्युव च्यानलमा गीत अपलोड गर्न पाउँछन् तर म्युजिक नेपालबाट आरविटी लिएकाहरुले त्यो गीतको भिडियो आफ्नो च्यानलमा हाल्न पाउने कुरा असम्भव देखिएको छ किनकी म्युजिक नेपालले सम्झौता गरे सम्पूर्ण डिजिटल बजार ब्यवस्थापनको गर्छ नगरे गर्दै गर्दैन । फेरी विदेशी कम्पनीहरुमा आरविटी पठाउँछ र त्यता बाट पनि साना कम्पनीहरुलाई फाइदा नै छ तसर्थ साना कम्पनीहरु म्युजिक नेपालसँग जेलिएका छन् साना कम्पनीसँगै कलाकार पनि जेलिएका छन् ।
राइट्स छ पैसा दिँदैनन्
म्युजिक नेपाल श्रोत कम्पनी भएको र नेपालको सबैभन्दा पुरानो र ठूलो प्लेटफर्म पनि भएको कारण त्यहाँ गीतहरु बढी हुनु स्वाभाविक हो, तर सिधै कलाकारसँग सम्झौता गरिएका गीतहरु थोरै छन् जसको डिजिटल ब्यापारबाट भएको आम्दानी प्लेटफर्म सञ्चालन र कम्पनीको नियम अनुसारको खर्च कटाएर पारदर्शी तरिकाले भुक्तानी दिईएको छ । जसले भुक्तानी पाउनुभएन या पाएर पनि सन्तुष्ट हुन सक्नुभएन उहाँहरुले दाबी गर्न सक्नुहुन्छ । भर्चुअल दुनियाँमा युट्युव मुख्य आयको श्रोत हो र युट्युव अन्तर्गत कुन गीतले कुन देशबाट कती कमाई ग¥यो भन्ने कुरा समेत विजनेस ट्रेण्डमा स्पष्ट देखिने हुनाले त्यहाँ कसैलाई ठगी गर्नै नमिल्ने कुरा म्युजिक नेपालले भनिरहेको छ । तर कलाकारहरु मेरो यति आउनु पर्ने त्यो आएन ठगी ग¥यो भन्नेहरु पनि छन् । स्पष्ट नीति र अधिकार हुँदाहुँदै पनि किन ठगी हुन्छ त ? स्रष्टाको कमजोरी वा प्लेटफर्मको ?
किन हुन्छ कन्टेन्ट म्याच ?
कतिपय कलाकारले नबुझेर म्युजिक नेपालसँग सोझै अथवा तेश्रो कम्पनी मार्फत डिजिटल बजार ब्यवस्थापनको सम्झौता भएका गीतहरुको भिडियो बनाएर युट्युवमा हाल्ने कोशिष गर्नुहुन्छ अथवा अपलोड पनि गर्नुहुन्छ त्यो अवस्थामा म्यूजिक नेपाल एउटा गुगलद्वारा भेरीफाईड च्यानल भएको कारणले स्वचालित सिस्टमद्वारा अपलोड गरिएको केही मिनेटमै त्यो सम्पत्ती म्यूजिक नेपालको भएको र त्यसको कमाई म्यूजिक नेपालमै आउने दाबी सहित पत्र पठाईन्छ । त्यो कुरा च्यानल, म्यूजिक कम्पनी र कलाकारको हितको लागि नै गरिएको हो, बजार ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी म्यूजिक नेपाललाई दिएपछि पुनः भिडियो अपलोड गर्नु गैरकानुनी हुन जान्छ, कलाकारहरुले कि सुरुमा गीत दिनै भएन दिएपछि सम्झौताको पूर्ण पालना हुनुप¥यो । अर्को कुरा त्यसरी अपलोड कलाकारले मात्र होईन युट्युवबाट डाउनलोड गरेर हुवहु अथवा अर्को भिडियो बनाएर जो सुकैले अपलोड गर्न सक्छ दुरुपयोग गर्न सक्छ त्यो अवस्थामा कन्टेन्ट दाबी गरेर अनाधिकृत रुपमा पाईरेसी गरेर युट्युवमा अरुले हालेका भिडियोहरुको समेत पैसा तानेर ल्याउने सिस्टम नै कन्टेन्ट म्याच सिस्टम हो जुन पूर्णतया पाईरेसीलाई निरुत्साहित गर्ने सबैभन्दा बलियो उपाय हो र सम्पुर्ण रुपमा कलाकारको हितमा लक्षित पनि छ । तर गायक गायिकाले आफ्नो व्यक्तिगत यूट्यूब च्यानल खोलेर म्यूजिक नेपालसँग आरबीटीको लागि मात्र गरिएको सम्झौतामा पनि कन्टेन्ट म्याच भयो भनेर भनिरहिएको अवस्था देखिन्छ त्यसमा भने आफूले प्लेटफर्मसँग गरिएको सम्झौतामा के–के उल्लेख हुनेगरी सम्झौता गरियो भन्नेबारे अध्ययन गर्न जरुरी छ ।
सरसर्ती बुझ्दा मुख्यतया गीत संगीत निर्माणमा तहगत संलग्नता देखियो, पहिलो गीत संगीत निर्माण पक्ष दोश्रो बजार ब्यवस्थापन गर्छु भनेर कलाकारबाट गीत लिने साना कम्पनीहरु र तेश्रो डिजिटल प्लेटफर्महरु, यो तीन तहको मुख्य लडाईमा गीत संगीतको रोयल्टी सम्बन्धी विषय पूर्णतया ओझेल परेको पाईयो । श्रष्टाले नै लगानी गरेका र उनै श्रष्टाको कम्पनीले सोझै म्यूजिक नेपालसँग सम्झौता गरेको खण्डमा म्यूजिक नेपालले सरासर डिजिटल ब्यापारबाट आएको पैसा भुक्तानी गरेको र श्रष्टाले अधिकारको लागि कसैसँग विवाद गर्न नपरेको देखियो । अर्कोतिर म्यूजिक कम्पनीहरुले आफ्नो लगानीमा उत्पादन गरेका गीत संगीत र भिडियोहरुको पनि विवाद देखिएन म्यूजिक नेपालले सरासर भुक्तानी गरेको देखियो । मुख्यतया असन्तुष्टी कहाँ देखियो भने कलाकारले लाखौं खर्च गरेर गीत तयार गर्छ त्यसको भिडियो निर्माण गर्छ र कुनै बजार ब्यवस्थापन गर्ने कम्पनीलाई दिन्छ त्यसपछि त्यो कम्पनीले म्यूजिक नेपाललाई पुनः डिजिटल बजार ब्यवस्थापनको लागि दिन्छ र त्यसको नाफा बापत म्यूजिक नेपालबाट पैसा बुझिलिन्छ तर लगानी गरेर कम्पनीलाई बुझाएको कलाकार भने हेरेको हेरै हुन्छ । उसले कलाकारलाई दिँदैन अथवा म्यूजिक नेपालले केही दिएकै छैन भनेर कलाकारलाई ढाँट्छ र आफ्नो खल्ती भर्ने काम गर्छ ।
यसरी सरासर धरातलीय कुराले पनि के छर्लङ्ग भएको छ भने डिजिटल प्लेटफर्म यानी युट्युव च्यानलबाट सर्जक कलाकार र लगानीकर्ताले पाउनुपर्ने पैसा भ्यु लेन्थ (समग्र हेरिएको लम्वाई) र त्यसले दर्शक श्रोताबाट खपत गराएको रकम साथै उक्त भिडियोमा गुगलले प्रदान गरेको विज्ञापन बापतको पैसा समेत मनग्य रुपमा आएको छ । नेपाली गीत संगीतका भर्चुअल दुनियाँका ग्राहक भनेका मुख्यतया विदेशमा रहेका नेपालीहरु नै हुन् । उनीहरुले ती गीत संगीत हेरिदिए वापत पैसा तिरेका छन् र त्यो पैसा म्यूजिक नेपाल मार्फत बजार ब्यवस्थापन गर्ने कम्पनीहरुसम्म पुगेको पनि छ तर ती कम्पनीबाट जुन लगानीकर्ता या सर्जकको हातसम्म नपुगेको अवस्था छ त्यो अवस्थालाई सम्बोधन गरिदिने कुनै निकाय या मध्यस्तकर्ता हुन्छ भने अहिले तत्काल देखिएको समस्या तुरुन्तै निराकरण हुने पनि देखियो । वास्तवमा कलाकार त्यस्ता कम्पनी मार्फत शोषणमा परेको देखियो जुन कम्पनीले कलाकारबाट गीत संगीत लिन्छन् र बजार ब्यवस्थापन गर्न म्यूजिक नेपाललाई दिन्छन् । अब कलाकार अथवा लगानीकर्ता आफैं सजग हुन जरुरी छ । तेश्रो कम्पनी मार्फत गीत ठुलो डिजिटल प्लेटफर्ममा पठाउने, आफ्नै प्लेटफर्म बनाएर आफैं ब्यवस्थापन गर्ने अथवा आफ्नै नामको कम्पनीबाट सोझै प्लेटफर्महरुसँग सम्झौता गर्ने सबै विकल्पहरु खुल्ला छन् । तपाईको गीतको बजार ब्यवस्थापन गर्ने कम्पनी ईमान्दार छ र प्लेटफर्मबाट आएको पैसा नियम अनुसार बाँडफाड गर्छ भने राम्रो कुरा हो, सम्झौता अनुसार दिदैन र अन्याय गर्छ भने विकल्पहरु धेरै छन् ।