युनानाको नेपाल र कतार मैत्री मञ्चमा संगीतकार श्रेष्ठ र गायक वि.क.

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौं । युनाइटेड नेप्लिज आर्टिष्ट एसोसिएसन उत्तर अमेरिका (युनाना)को युनाना–नेपाल कलाकार मैत्री मञ्च संयोजकमा संगीतकार सन्तोष श्रेष्ठलाई चयन गरिएको छ भने युनाना–कतार नेपाली कलाकार मैत्री मञ्चको संयोजकमा गायक मंगल वि.क.लाई चयन गरिएको छ । युनानाका अध्यक्ष कन्हैया सिंह र सदस्य अन्जना गुरुङको उपस्थितिमा भएको एक कार्यक्रमकाबीच संगीतकार श्रेष्ठ र गायक वि.क.लाई संयोजकको जिम्मेवारी दिइएको हो । युनानाले केहीसमयअघि मात्र युनाना–युके नेपाली कलाकार मैत्री मञ्चको जिम्मेवारी राजकुमार सिंहलाई दिएको थियो । विश्वभरि छरिएर रहेका नेपाली कलाकारहरुसँग सांस्कृतिक सम्बन्ध गाँस्दै नेपाली गीतसंगीत, चलचित्र, कला, साहित्यलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था युनानाले सम्भव भएसम्मका विश्वका सबै देशमा मैत्री मञ्च स्थापना गर्ने लक्ष्य लिएको अध्यक्ष कन्हैया सिंहले कार्यक्रममा बताए ।

suman

सोही अवसरमा बृहत नेपाली कलाकार संघ (युनाना)को सञ्चार क्षेत्रमा योगदान पु¥याएवापत कान्तिपुर पब्लिकेशनको साप्ताहिक प्रकाशन साप्ताहिकका वरिष्ठ उपसम्पादक कृष्ण भट्टराई, अनलाईन पत्रिकाका सहसम्पादक सन्तोष परियार र यूएसखबर डटकमलाई कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै युनानाकै संचार संयोजक सुमन बैरागीलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

krishna-bhattarai santosh-shrestha-unnan lokraj-adhikari santosh-pariyar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु