रत्नको एउटा कहानी

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७१, सोमबार

काठमाडौं । नवगायक रत्न सुब्बाले श्रोतामाझ डेब्यु एल्बम ‘एउटा कहानी’ लिएर आएका छन् । एल्बमको  राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक, गायक बाबु बोगटी, सत्यराज आचार्यलगायतले सार्वजनिक गरे ।

तुलसी इन्टरटेनमेन्टले उत्पादन गरेको एल्बममा ‘एउटा कहानी’, ‘भीरको बाटो गाई चर्दैन’, ‘एक्लो हुनु भनेको त’, ‘सुन न मैया’लगायतका गीत छन् । आधुनिक फ्लेबरका गीतमा बाबु बोगटी, उत्तम भौकाजी, डम्बर नेपाली, नवराज लम्साल, श्रेया सुब्बा र अमृत खतिवडाको शब्द छ भने सत्य–स्वरुप आचार्य, बाबु, डम्बर, अनिल फागो र रत्नले संगीत भरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु