रमेशराजले ‘तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ भनेपछि (भिडियो पनि)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७३, आईतवार

काठमाडौं । पछिल्लो समय नेपाली सांगितीक बजारमा गायक तथा संगीतकार रमेशराज भट्टराई पनि निकै व्यस्त छन् । विभिन्न ठाउँमा आयोजना गरिने सांगितीक कार्यक्रममा भट्टराईको प्रस्तुतिलाई दर्शकले निकै नै रुचाएको पाइन्छ । नेपाली संगीतमा अब्बल संगीतकारको परिचय बनाईसकेका रमेशराज पछिल्लो समय गायनमा पनि उतिकै चर्चामा रहेका छन् । भट्टराईले आफनै सब्द संगीत र आवाज मा आधुनिक गीत ‘बबाल भो’ गीत बजारमा ल्याएपछि उनले पछाडी फर्केर हेर्नु परेन । दिनप्रतिदिन उनको डिमाण्ड बढ्दै गएको छ । देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनको सहभागीता बढ्दै गएपछि उनी यतिबेला कसैलाई राम्री देखेरै फिदा भएको सार्वजनिक भएको छ । ‘ तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ भनेपछि यतिबेला भट्टराईको चर्चा अत्याधिक भएको छ ।

वास्तविक जीवनमा भट्टराई कसैलाई देखेर फिदा भएको नभई उनको ‘फिदा’ एल्बममा रहेको शिर्ष गीत “तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु” सार्वजनिक भएको छ । भट्टराईको आफ्नै आवाज आफ्नै संगीत र आफ्नै शब्द रचनामा सार्वजनिक भएको उक्त गीतको म्यूजिक भिडियो निकै नै मेहेनत गरेर बनाएको देखिन्छ । आधुनीक र दोहोरीमा सफल भएका भट्टराईको ‘फिदा’मा रहेको उक्त गीत पप भर्सनमा तयार भएको छ । म्यूजिक भिडियोमा विकास फिरोज र सरु लामाको अभिनय रहेको छ भने एरेन्ज साहस शाक्यले गरेका छन् । त्यस्तै पवन सिंखडाले सम्पादन गरेको म्यूजिक भिडियोलाई दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु