राजकुमारको “तिमिलाई आफ्नो ठानु”

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७३, शनिबार

मङ्सिर १८, काठमाडौं । लामो समयदेखि प्रवासमा रहेर नेपाली गीतसंगीतलाई माया गरी सांगीतिक क्षेत्रमा केही रामो काम गर्ने अठोटका साथ एक दर्जन गीतहरुमा आफ्नो संगीत दिइसकेका र थुप्रै गीत लेखिसकेका अत्यन्तै संगीतलाई माया गर्ने पछिल्लो पुस्ताका संगीतप्रेमी व्यक्ति हुन् राजु कुमार श्रेष्ठ । यसैगरी गीत संगीतमा आफ्नै शब्द, संगीत र स्वर पनि भरी सिंगो जीवनमा जन्मेको सार्थकतालाई ईतिहास बनाउने सोचाइ राखेका कुशल गीतकार तथा संगीतकार पनि हुन् श्रेष्ठ ।

rajkumar-shrestha-1
एउटा गाउँ थियो, गीतको म्युजिक भिडियोको सफलतापछि फेरी पनि आफ्नै शब्द र संगीत अनि स्वरमा रहेको नयाँ गीत “तिमीलाई आफ्नो ठानु” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसैगरि यो गीतमा चर्चित गायिका सहिमा श्रेष्ठको पनि अवाज रहेको छ । भिडियोमा केटाले केटीलाइ आफ्नो बनाउन एकोहोरो लागिरहेको कथावस्तुमा देखाएको छ ।

भिडियोमा चर्चित संचारकर्मी अनि मोडेल के के अधिकारी संगै क्रिस्टिना थापाको फिचारिङ रहेको छ । निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् भने दिपकमान सिंहको कोरियोग्राफी रहेको छ । यसैगरि यो भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन भने भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु