राजु परियारको दशैं कस्तो होला ?

म्यूजिक खबर
प्रकाशित: २८ आश्विन २०७२, बिहीबार

raju pariyarगायक राजु परियार लोक दोहोरी गीतको क्षेत्रमा एउटा नक्षत्र नै हुन् । सबैभन्दा धेरै गीतमा स्वर दिन सफल गायक राजु कोहिबेला चर्चाको शिखरमा थिए । अर्थात् उनको स्वर नभएको दोहोरी गीत सुन्नका लागि गाह्रो पथ्र्यो । रेडियो र टेलिभिजनमा जुन गीत बज्ने गर्थे त्यसमा सबै राजु परियारको स्वर हुन्थ्यो र कुनै कुनै गीतमा उनको पछिपछि अरुको स्वरको नाम पनि जोडिने गथ्र्यो । उनी एकाएक बीचमा हराएका थिए । आफ्नो व्यक्तिगत कारण हराउन पुगेका उनी पुनः दोहोरी गीतको क्षेत्रमा उदाएका छन् । उनको आगमनसँगै लोक दोहोरी गीतको क्षेत्रमा एउटा उत्साह पैदा भएको छ तर गीतसंगीत भने बिक्री हुन छाडेको अवस्था छ । राजु परियार जतिबेला यो क्षेत्रमा छिरेका थिए त्यतिबेला दोहोरीको बजार सबैभन्दा अगाडि थियो र अडियो भिडियोको बिक्री हुने बेला थियो तर अहिले बजार भने शून्यप्राय छ । तैपनि उनको पुनरागमनले लोक दोहोरी क्षेत्रलाई उर्जा मिलेको छ ।
यिनै राजु परियारको यसपालीको दसैं भने अलि दुःखमा नै बित्ने भएको छ । गत १२ गतेको भुकम्प होस् या अहिले मुलुकमा रहेको संक्रमणकाल होस् मुलुकका लागि ठूलो नोक्सानीको कारण बन्न पुग्यो । यस्तो संक्रमणको शिकारमा राजु परियार पनि परेका छन् । तर उनले आफू जे जस्तो भए पनि गाउँ समाजलाई सम्झाएर दसैं तिहार मान्नुपर्छ, आफ्नो संस्कृति हो, चाडवाड भनेको समाजका लागि भने पनि मान्नुपर्छ भनेर साथीभाइलाई सम्झाउन सफल भएका छन् ।

raju-jhalak

प्रकृतिले के ग¥यो भूल पनि
रुँदै फूल्यो मखमली फूल पनि
सम्झी सम्झी रुन्छ हियार
जस्तै विपत परे नि ए साथी मान्नै प¥यो दसैं तिहार

प्रकृतिको नियतिमा कतिको कोख रित्तियो, कति टुहुरा भए भने धेरैको आस्था ढलेको अवस्थामा हामीले मिलेर दसैं तिहार मान्नुपर्छ भन्नेमा गायक परियार छन् । आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा गायक परियारको शब्द, लय र स्वरमा रहेको गीत सम्झी सम्झी रुन्छ… कारुणिक र वास्तविक लोकगीत हो । जुन गीतले यथार्थ घटनाक्रमलाई सम्झाएको छ भने समाजको वास्तविकता झल्काएको छ । जुन गीतको म्यूजिक भिडियोमा गायक परियारको साथमा गायक झलक संगीतम्, आशा भुसाल, रामु विरही, प्रकाश थापा, लक संगीतम्को अभिनय रहेको छ । गायक झलक संगीतम्कै निर्देशन रहेको यस म्यूजिक भिडियोमा अजय रेग्मीको छायाँकन छ भने विष्णु शर्माले सम्पादन गरेका छन् । साई भिजन प्रालिले निर्माण गरेको यस म्यूजिक भिडियो दसै तिहार विषेश गीतका रुपमा समाज बोलेको भिडियो हो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु