राष्ट्रपतिद्वारा कलाकारलाई उच्च पदकद्वारा विभुषण

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७४, सोमबार

nepali artist- padak copy

जेठ १६, काठमाडौं । १० औं गणतन्त्र दिवसका अवसर पारेर नेपाल सरकारले कलकारिताको क्षेत्रबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै ५ जना कलाकारलाई उच्च पदकद्वारा विभुषित गरेको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित एक कार्यक्रममा कलाकार राइलाई राष्ट्रपति विद्यादेवी भण्डारीले यो पुरस्कार प्रदान गरेकी हुन् ।

विभुषित हुने कलाकारहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष बरिष्ठ लोक गायक दुर्गा रायमाझी, कृष्ण कँडेल, कलाकार, अशेष मल्ल हाँस्यकलाकार विल्सनविक्रम राइ र जितु नेपाल रहेका छन् ।

बरिष्ठ लोक गायक एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी र लोकगायक तथा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नं ६ का संयोजन कृष्ण कँडेल ‘प्रवल जनसेवा श्री पदक’ द्वारा विभुषित भएका छन् ।

हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ र जितु नेपाल ‘मुन्द्रे’लाई हास्यव्यङग्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ‘प्रबल जनसेवा श्री पदक’ द्वारा सम्मानित गरिएको हो भने अर्का कलाकार अशेष मल्ललाई सरकारले ‘सुकीर्तिमय राष्ट्रदीप पदक’ द्वारा विभुषित भएका छन् ।

सरकारले सुप्रबल जनसेवाश्री मानपदवी ८२ जना, प्रबल जनसेवाश्री मानपदवी १३५ जना, जनसेवाश्री मानपदवी ५१ जना, गरी कुल २८७ जनालाई मानपदवी प्रदान गर्ने घोषणा गरेको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकबाट सम्मान गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु