राष्ट्रिय गीतमार्फत फर्किए कन्दरा

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७२, बुधबार

काठमाडौं । लोकप्रिय सांगीतिक समुह ‘कन्दरा’ नयाँ राष्ट्रिय गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ फर्किएको छ । कुनैबेला चर्चाको शिखरमा रहेको यो समूह केहीसमय हराएको जस्तो देखिए पनि पुनः राष्ट्रियतासहित स्रोतामाझ फर्किएको छ ।
‘के पहाड के तराई के हिमाल एउटै नेपाल…’ शीर्षकको यो गीतमा ब्याण्डका गायक विवेक श्रेष्ठको स्वर छ भने सुनिल थापाले यसलाई संगीतबद्ध गरेका हुन् । थापा नै यो गीतका रचनाकार पनि हुन् । ‘यो गीतमार्फत हामीले राष्ट्रिय एकताको कुरा गरेका छौं, गायक श्रेष्ठ भन्छन्— ‘नेपालका हिमाल, पहाड तथा तराईमा बसोबास गर्ने सबै नेपाली एक हुन् भन्ने सन्देश पनि दिन खोजेका छौं ।’

Kandara_Band_New Video

हिमाल जोशीले निर्देशन तथा सम्पादन गरेको यो भिडियोका छायाँकार शिवराम श्रेष्ठ हुन् । भिडियोमा कन्दरा ब्याण्डका संगीतकर्मीहरु नै प्रस्तुत भएका छन् भने नेपालका विभिन्न प्राकृतिक सौन्दर्य झल्कने तस्बिरहरु समेत प्रयोग गरिएको छ । स्टेरियो रेकर्ड्सले बजार व्यवस्थापन गर्ने कन्दराको नयाँ एल्बममा यो गीत समावेश हुनेछ । स्टेरियो रेकर्ड्सका प्रवन्ध निर्देशक आशिष पराजुलीका अनुसार देशको अफ्ठ्यारो परिस्थितीका कारण दसैंअघि नै बजारमा आउनु पर्ने कन्दराको नयाँ एल्बम तिहारलगत्तै बजारमा उपलब्ध हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु