रिक्साको साहरा

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७०, बिहीबार

मुम्बई, (एजेन्सी) । फिल्म ‘जिस्म–२’ मार्फत बलिउडमा करिअ सुरु गरेकी अभिनेत्री सनी लियोन हिजोआज आफ्नो अपकमिङ फिल्म ‘रागिनी एमएमएस–२’ को प्रमोशनमा व्यस्त छिन् । सनीले फिल्म हिट बनाउन रिक्सावालाको साथ लिएकी छन् । फिल्म प्रमोशनकै क्रममा उनी शनिबार मुम्बईमा रिक्सामा देखिइन् ।
फिल्म प्रमोशनल अभियानमा मुम्बईका ५ हजारभन्दा बढी रिक्सामा ‘दुईमा ज्यादा मजा’ र र ‘रागिनीका नयाँ एमएमएसमा के छ’ लेखिएको पोस्टर टाँसिएको छ । यस्तो पोस्टर मुम्बईका अलावा दिल्लीसहित भारतको विभिन्न सहरमा पनि लगाइएको छ । साथै, ‘रागिनी एमएमएस–२’ को प्रिक्वल फिल्मको समेत प्रचार गरिएको छ । उक्त अटो रिक्सामा स्लोगन यस्तो लेखिएको छ, ‘यही रागिनी बसेकी थिइन् ।’
‘रागिनी एमएमएस’ को सिक्वेल पmिल्म हो यो । यस फिल्मलाई भूषण पटेलले निर्देशन गरेका हुन् । ‘रागिनी एमएमएस–२’ को निर्माण शोभा र एकता कपूरले संयुक्त रुपमा गरेका हुन् । फिल्मको ‘बेबी डल’ र ‘चार बोतल वोड्का’ गीत हालै रिलिज गरिएको छ । यो फिल्म २१ मार्चमा रिलिज हुँदैछ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु